५ साउन, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्नातकदेखि स्नातकोत्तर तहसम्मका स्थगित भएको परीक्षा भदौको पहिलो सातादेखि सुरु गर्ने तयारी गरेको छ ।
त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको बैठकले मातहतका निकायलाई परीक्षाको तयारी थाल्न निर्देशन दिएको हो ।
लकडाउन खुकुलो भए यातायातका साधन सञ्चालनमा आएमा परम्परागत रूपमै परीक्षा गर्ने गरी त्रिविले तयारी गरेको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले लकडाउनको स्थित हेरेर परीक्षा लिइने बताए । असोजसम्म सबै परीक्षा सक्ने त्रिविको तयारी रहेको छ ।
विश्वविद्यालय अनुदान आयोगले जारी गरेको उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूपअनुसार त्रिविले परीक्षा गर्न लागेको हो ।
त्रिभुवन विश्वविद्यालयका स्थगीत परीक्षाहरु भदौको पहिलो सातादेखी गर्ने तयारी
- सिम्रिक खबर
- • ६ महिना अगाडि