त्रिभुवन विश्वविद्यालयको इन्जिनियर संकायको परीक्षा स्थगित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

श्रावण २५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियर अध्ययन संस्थान अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित गरिएका छन्।
संस्थान अन्तर्गतको डिनको कार्यालयले आज (आइतबार) सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण भदौ तेस्रो साताबाट सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ।
संस्थानको परीक्षा नियन्त्रण महाशाखाले यही साउन १५ गते सूचना प्रकाशित गरी स्नातक र स्नातकोत्तर तहका परीक्षा क्रमशः भदौ अन्तिम तथा तेस्रो साता सञ्चालन हुने जनाएको छ।
“हाल कोभिड १९ महामारी कायमै रहेकाले इन्जिनियर अध्ययन संस्थान अन्तर्गतका स्थगित परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले उक्त परीक्षाहरु हाललाई स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” सूचनामा भनिएको छ।
आगामी भदौ १ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ। संस्थानको शैक्षिक क्यालेन्डरमा थप क्षति नपुर्याउन कक्षा सञ्चालन गर्न लागिएको बताइएको छ।
अनलाइन कक्षाको रुटिनलगायत विषयमा जानकारीका लागि सम्बन्धित क्याम्पस तथा कलेजमा सम्पर्क राख्न सूचनामा आग्रह गरिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु