काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । त्यसैगरी २४ घण्टामा ७३१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको २ लाख ४९ हजार ८६३ संख्या पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७ सय ४९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185