थाइल्यान्डमा आपतकाल घोषणा गर्दै ठूला प्रदर्शन र भेलामाथि प्रतिबन्ध लगाईयो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

आपतकाल घोषणा गर्दै थाइ सरकारले ठूला प्रदर्शन र भेलामाथि प्रतिबन्ध लगाएको छ। थाइ प्रहरीले टेलिभिजनबाट सार्वजनिक वक्तव्य जारी गर्दै भनेको छ – ‘गैरकानुनी क्रियाकलाप गराउने उद्देश्यले धेरै मानिसहरुलाई बोलाइएको छ।’ शान्ति र सुरक्षा व्यवस्था कायम राख्नका लागि तत्काल यस्तो आदेश गर्नुपरेको टेलिभिजनमार्फत् जारी गरिएको संदेशमा उल्लेख छ। थाइल्यान्डमा प्रदर्शनकारीहरुले राजाको शक्ति न्युनिकरण गर्नुपर्ने तथा प्रधानमन्त्री प्रयुथ चान ओशाको राजीनामा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रोयल मोटरकेडलाई आन्दोलनकारीले रोकेको विषयलाई लिएर आपतकालीन आदेश घोषणा गर्नु परेको सरकारले जनाएको छ। नयाँ प्रावधानअनुसार अब ४ जनाभन्दा धेरै मानिस भेला हुन पाउने छैनन्। मिडियामाथि पनि यो आदेशले प्रतिबन्ध लगाउने व्यवस्था छ। भय पैदा गर्ने, मिसलिड गर्ने खालका समाचार समाचार प्रकाशन निषेध भन्दै राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्न मिडियामाथि निषेध गरिएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आपतकालमा सरकारले ठाउँ तोकेर जोकसैलाई पनि प्रवेश निषेध गर्न सक्छ। जुलाईदेखि सुरु भएको विद्यार्थी नेतृत्वको आन्दोलन थाइल्यान्डको संस्थापन पक्षका लागि धेरे पहिलेदेखि टाउको दुखाइको विषय बनिरहेको छ। सरकारी अधिकारीले आन्दोलनमा १८ हजार मानिस उत्रिएको दावी गरे पनि मानिसहरुको संख्या धेरै रहेको र त्यो अझ बढ्न सक्ने देखिएको छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु