दक्षिण कोरियाले जे एण्ड जे र फाइजरको खोप आयात गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

केही महिनायता कोरोनाको तेस्रो लहरबाट गुज्रिरहेको दक्षिण कोरियामा संक्रमण दर दिन प्रति दिन उच्च बिन्दुमा पुग्न थालेपछि खोपको विषयमा सरकार ठूलो दबाबमा परेको छ । यस्तोमा कोरियाले २०२१ को तेस्रो क्वाटरसम्म १ करोड जनतालाई दुईवटा डोज लगाउन पर्याप्त हुनेगरी फाइजरको खोप भित्र्याउने बताएको छ । प्रधानमन्त्री छङ से–क्युनले भनेका छन्, “हामी दोस्रो क्वाटरमै खोप ल्याइसक्नका लागि आफ्नो पूरै क्षमता लगाइरहेका छौँ । यसमा हामी सहमति नजिक पुगिसकेका छौँ ।” उनले फाइजरसँगै अमेरिकाकै अर्को, जन्सन एण्ड जन्सनबाट पनि अतिरिक्त खोप मंगाएको हुँदा त्यसले ४० देखि ६० लाख मानिसहरुलाई खोप लगाउन पुग्ने बताएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरिया सरकारले यसअघि नै एस्ट्राजेनेकासँग सम्झौता गरिसकेको छ जसको खोप जनवरीको सुरुवातमै आइसक्ने बताइएको छ भने मोडेर्नासँग पनि २ करोड डोज प्राप्त गर्नेबारे छलफल भइरहेको छ । स्वास्थ्य निकायहरुले सार्वजानिक खोप कार्यक्रम छिटोमा आगामी फेब्रुअरीसम्म सुरु गर्ने र नोभेम्बरमा सम्पन्न गर्ने योजना बनाएका छन् । सरकारले यसअघि नै खोपका लागि भनेर अर्को वर्ष १।२ अर्ब डलरको बजेट छुट्याइसकेको छ । संक्रमण तिव्र रुपमा फैलिएसँगै कोरियाले लक्षण बिनाका संक्रमितहरु पहिचान गर्न अहिले प्रति दिन ५५ हजार मानिसहरुको कोरोना परीक्षण गरिरहेको छ । त्यस्तै सरकारी निकायले नयाँ वर्ष र क्रिस्मसको छुट्टीमा चार जना भन्दा धेरै भेला हुन पनि निषेध गरेको छ भने पर्यटकीय स्थलहरु समेत बन्द गराएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु