दर्ता नगरी सेवा सञ्चालन गरेको भन्दै ईकमर्स कम्पनीहरुमाथि कारबाही सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

श्रावण ७, काठमाडौं । वाणीज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दर्ता नगरी सेवा सञ्चालन गरेको भन्दै ईकमर्स कम्पनीहरुमाथि कारबाही सुरु गरेको छ ।
विभागले दर्ता नगरी अनलाइन व्यवसाय संचालन गरेकोले आरोपमा अफरिङ ह्यापिनेस नामक ईकमर्स कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा (२०) (२) अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेकोले भन्दै सोही ऐनको दफा (३८) (ट) अनुसारको कसुर गरेका कारण दफा (३९) (घ) अनुसार उक्त जरिवाना गरिएको उल्लेख गरेको छ ।
ऐनको उक्त व्यवस्थामा कम्पनी दर्ता नगरी व्यवसाय सञ्चालन गरेको खण्डमा तत्काल ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान रहेको छ । दर्ता नगरी ईकमर्स सेवा सञ्चालन गर्दा उपभोक्ता ठगिन सक्ने भन्दै विभागले जरिवानाको सजाय गरेको हो ।
अफरिङ ह्यापिनेसले विगत तीन वर्षदेखि काठमाडौं उपत्यकामा विभिन्न किसिमका गिफ्टका सामग्रीहरु अनलाइन अर्डरको आधारमा होम डेलिभरीको सेवा दिँदै आइरहेको छ । अफरिङ ह्यापिनेस कम्पनीका सहसंस्थापक सन्तोष पाण्डेले आफूहरुले कम्पनी रजिस्टारको कार्यालय र वडा कार्यालयमा व्यवसाय दर्ता गरी ईकमर्स सेवा दिँदै आएको बताए ।
‘हामी २०७३ सालदेखि नै ईकमर्स व्यवसाय गर्दै आइरहेका छौं,’ उनले गुनासो गर्दै भने, ‘हामीलाई २०७५ मा आएको ऐन देखाएर ईकमर्स कम्पनीको रुपमा उद्योग विभागमा दर्ता नगरी सेवा सञ्चालन गरिएको भन्दै जरिवाना गराउने काम भयो ।’
उनले उद्योग विभागमा समेत व्यवसाय दर्ताका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको समेत जानकारी दिए । ‘हामीलाई अनलाइन व्यवसाय गर्न उद्योग विभागमा समेत दर्ता हुनुपर्छ भन्ने कुनै जानकारी थिएन,’ पाण्डेले भने ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु