नेपालीहरुको महान् चाड बडा दशैँको चौँथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरि मनाईंदैछ। आइतबारदेखि प्रारम्भ भएको दशैँको चौँथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरि मनाइन्छ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको भनिएको छ । माताको निवास सूर्य मण्लमा रहेको छ भने सेतो कुभिण्डोको जस्तो रुपभएका कारण यिनलाई कूष्माण्डा भनिएको हो । कुष्माण्डा देविको लागि कुभिण्डोको वलि अति प्रिय मानिएको छ । चौथो दिन यिनको पूजाले मनुष्यले आयु, यश, बल, आरोग्यता प्राप्त हुने मान्यता छ भने चतुर्थ शक्तिको पूजाले वायु तत्वको सन्तुलन शरीरमा ठिक हुने शास्त्रीय वचन छ । पूजन पछि माल पूवाको प्रशाद चढाउँने र बाँढेर खानाले बुद्धि दिमाग तिब्रहुने भनिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।



JUNGLE






from the
city



पहिलो दिन दशैँ मनाइने घरघरमा घटस्थापना गरि शैलपुत्रीको पुजा गरिन्छ भने, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पुजा गरिन्छ । असोज महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म नवरात्रभर शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका९प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म दशैँ मनाउने गर्छन् । तर कोरोनाको महामारीका कारण यसपटक अघिल्ला वर्षहरुमा जस्तो रौनकता छैन । मानिसहरु कोरोनाको त्रासका कारण चाडबाड मान्न बाहिर निस्कन सकेका छैन । कोरोना संक्रमण दिनप्रतिदिन बढीरहेको यो विषम परिस्थितीमा सकेसम्म बाहिर अपरिहार्य कामविना ननिस्कन सरकारले सूचना जारी गर्दै अनुरोध गरेका कारण मन्दिरहरुमा यसपटक भक्तजन खासै देखिएका छैनन् ।