दशैंमा मोटरसाइकल किन्नेलाई शून्य प्रतिशत व्याजदर, २० प्रतिशत डाउन पेमेन्ट जस्ता अफर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

चाडपर्व नजिकिएसँगै विभिन्न मोटरसाइकल बिक्री गर्ने कम्पनीहरुले ग्राहक केन्द्रित योजना सर्वाजनिक गरिरहेका छन् । अहिलेसम्म बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो, सुजुकी लगायत कम्पनीले स्कीम घोषणा गरेका छन् । कम्पनीहरुले घोषणा गरेको अफर योजनामा सबैभन्दा बढी नगद छुट सुजुकीले दिने छ भने धेरै बिक्री गर्ने ब्राण्डमा बजाजले सबैभन्दा धेरै नगद छुटको घोषणा गरेको छ । त्यस्तै सबैभन्दा कम नगद छुट दिनेमा होन्डा रहेको छ । सुजुकीले आफ्ना उत्पादनमा १२ हजार नगद छुट दिने जनाएको छ । त्यस्तै बजाजले १० हजार नगद छुटको स्कीम दिएको छ । बजाजले ग्राहकलाई आफ्नो आवश्यकता अनुसारको शून्य प्रतिशत व्याजदर, २० प्रतिशत डाउन पेमेन्ट जस्ता अफर पनि दिने घोषणा गरेको छ ।
त्यसैगरि टीभीएसले नगद ८ हजार रुपैयाँ छुट स्कीम ल्याएको छ । साथै, कम्पनीले शून्य प्रतिशत व्याजमा मोटरसाइकल खरिद गर्न सक्ने योजना समेत ल्याएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यामाहाले पनि समान ८ हजार रुपैयाँ छुटको व्यावस्था मिलाएको छ । कम्पनीले एक्सचेन्ज मार्फत मोटरसाइकल किन्दा थप १५ हजार मूल्याङकन दिने जनाएको छ । हिरो मोटरसाइकल बिक्रेता कम्पनी एनजीएम हिरोले मोटरसाइकल तथा स्कुटरमा ५ हजार रुपैयाँ नगद छुटको स्कीम सार्वजनिक गरेको छ । स्क्र्याच कार्ड मार्फत ५ हजारदेखि १ लाखसम्म जित्न सक्ने छन् । सबैभन्दा कम नगद छुटको अफर ल्याएको होन्डाले ४ हजार रुपैयाँ छुट दिने स्कीम ल्याएको छ । कम्पनीले स्क्र्याचकार्ड मार्फत उक्त छुट प्रदान गर्ने कम्पनीले जनाएको छ । स्क्र्याचकार्ड मार्फत ग्राहकले ४ हजारदेखि १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । होन्डाले यसका अलावा १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याज, १ रुपैयाँ मासिक किस्ता, ७ बर्षसम्म पार्टसमा ७ प्रतिशत छुट जस्ता अफर रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु