दाङको सवारी दुर्घटनामा गम्भीर घाइते भएका ५ जना मध्ये २ जनाको मृत्यु भएको छ भने अन्य ३ जनाको बुटवलमा उपचार भइरहेको छ ।
लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका– ४ पिपरीचोकमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका ठक्कर दिँदा घाइते २ जनाको ज्यान गएको हो ।
घाइते भएका ५० वर्षीय गाउँका अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । गाउँका अगुवा राजकुमार चौधरीको कोहलपुरमा र बालक निसानको बुटवलमा उपचारको क्रममा मृत्यु भएको खड्काले बताए ।
घाइते राप्ती गाउँपालिका–८ पिपरीका ७ वर्षकी बालिका सृष्टि गुरूङ, २२ वर्षकी गौरी चौधरी र उनकी २ वर्षकी छोरी लक्ष्मी चौधरी रहेका छन् । गुरही सेलाउने क्रममा स्कारपियो जिपले ठक्कर दिदा दुर्घटना भएको थियो ।
दाङको सवारी दुर्घटनामा गम्भीर घाइते भएका २ जनाको मृत्यु
- सिम्रिक खबर
- • ६ महिना अगाडि