दार्चुला मालिकार्जुन गाउँपालिका–८ शंकरपुर बस्तीमा घर माथिबाट पहिरो खसेर घाईते भएका दुई जनाको उद्धार गरिएको छ भने दुई जना अझै वेपत्ता भएका 5न् ।
मिलन दमाई र अर्जुन दमाई वेपत्ता रहेको प्रहरीले जनाएको छ। दिदी भेट्न आएका उनीहरु पहिरोमा पुरिएका हुन् । पहिरोमा पुरिएका ३५ वर्षीया लक्ष्मी ढोली र ९ वर्षीय छोरा शुवमको स्थानीयले जीवितै उद्धार गरेका छन्।
वडा कार्यालयको शौचालय र ग्राउन्ड भत्किएपछि त्योसंगै तल रहेको घर पनि भत्किएको वडा सदस्य केशवसिह धामीले जानकारी दिए ।