दार्चुलामा बाढीले घर र गोठ बगाउँदा २ को मृत्यु, ८५ चौपाया बगायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलामा गएरातिको अविरल वर्षाका कारण आएको बाढीले घर र गोठ बगाउँदा ५ वर्षीय बालिका सहित २ जनाको मृत्यु भएको छ । यस्तै ३ घर र एक विद्यालय बगाउँदा ८५ चौपाया समेत बगेका छन् ।
बाढीले स्थानीय हरजित ठगुन्नाकी ४२ वर्षीया श्रीमती मानमती ठगुन्ना र सोही ठाउँका मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पारवती ठगुन्नाको मृत्यु भएको नौगाड प्रहरी चौकी प्रमुख भुवन बहादुर चन्दले जानकारी दिनुभयो ।
नौगाड प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मृतकको शव पुरिएको अवस्थामा घर भित्रबाट निकालेको उहाँले बताउनुभयो । बाढीसंगै पहिरोमा परि घाइते भएकी हरजित ठगुन्नाकी २२ वर्षीया बुहारी मोहना ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो ।
घट्नास्थलमा नौगाड प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट उद्दारका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
बाढीले स्थानीय हरजित ठगुन्नाको दुई तले पक्की घर, विरभान सिंह ठगुन्नाको खरले छाएको घर, सोही ठाउँमा रहेको समैजी आधारभूत विद्यालयको १२ कोठे भवन, शौचालय, खानेपानी ट्याङकी, साइमल सिंह धामीको घर बगाएको छ, भने २ घोडा, १८ बाख्रा, ४ गोरु, ३ गाई समेत बगाएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो ।
यस्तै स्थानीय देव सिंह धामीको दुई तले पक्की घर, जमिन, पानी घट्ट, २ गोरु, २ गाई, २ बाच्छी बगाएको छ भने सालीभान सिंह धामीको घर, दुर्गे शिवराज र लोकेन्द्र खत्री तीन भाईका ५१ बाख्रा र गोठ बगाएको उहाँले बताउनुभयो ।
यसैबीच महाकाली नगरपालिका वडा नम्बर ३ डुङरीमा रहेको डुङरी जलविद्युतको विद्युत उत्पादन गृह डुवानमा परेको छ । गएराति डुङरी खोलामा आएको बाढी उत्पादन गृह भित्र बाढी पसेपछि विद्युत उत्पादन अबरुद्ध भएको तथा नजिकै पार्किङ गरेर राखेको म १ ज २७० नम्बर जिप समेत पुरिएको प्रहरीले जनाएको छ ।
यस्तै महाकाली नगरपालिका–५ स्थित धौलीगाड खोलामा आएको बाढीले सडक भत्काउदा महाकाली लोकमार्ग पूर्णरुपामा अबरुद्ध भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु