दिनेश कार्तिकले केकेआरको कप्तानी इयन मर्गनलाई सुम्पिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

आईपीएल २०२० को बीचैमा कप्तानी छोड्दै दिनेश कार्तिकले अब आफ्नो ब्याटिङ र टिमको लागि धेरै भन्दा धेरै योगदान दिन ध्यान केन्द्रित गर्ने बताएका छन् । दिनेश कार्तिकले कोलकाता नाइट राइडर्स ९केकेआर० को कप्तानी इयन मर्गनलाई सुम्पिएका छन् । कोलकाता नाइट राइडर्सका सीईओ वेन्की मैसुरको तर्फबाट निकालिएको एक विज्ञप्तिमा भनिएको छ, ‘हामी भाग्यशाली छौँ कि हामीसँग दिनेश कार्तिक जस्ता टिम लिडर छन्, जो टिमलाई सबैभन्दा अघि राख्छन् । उनी जस्ता कुनै व्यक्तिका लागि यस्तो निर्णय लिनु निकै हिम्मतको कुरा हो ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

इयन मर्गनको कप्तानीमा इङ्ग्ल्याण्डलाई सन् २०१९ को क्रिकेट विश्व कप जिताएका थिए । आईपीएल २०२० मा मर्गन नाइट राइडर्सको तर्फबाट सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा छन् । उनले सात खेलमा ३५ को औसतमा एक सय ७५ रन बनाएका छन् भने दिनेश कार्तिकले १५ दशमलव ४२ को औसतमा एक सय आठ रन बनाएका छन् । अहिलेसम्म उपकप्तान रहेका इयन मर्गन टिमको कप्तानी गर्न इच्छुक रहेको कोलकाताको तर्फबाट निकालिएको विज्ञप्तिमा भनिएको छ । दिनेश कार्तिकलाई आईपीएल २०१८ भन्दा अघि कोलकाताले सात करोड ४० लाख भारतीय रुपैयाँमा किनेको थियो । गएको वर्ष कोलकाता प्लेअफमा पनि पुगेको थिएन, चौथो नम्बरमा नै रहेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु