काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका छन् । डा भट्टराईलाई मंगलबार बिहान ९ बजेदेखी अस्पताल भर्ना गरिएको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए । मंगबार दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै स्वास्थ्य परीक्षण गरिने पाण्डेले बताए । सोमबार भट्टराईले आफ्नो स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएका थिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उनी आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली गएका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनी अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंकामा सल्लाह र सिफारिश गरेपछि दिल्ली गएका थिए । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका छन् ।



JUNGLE






from the
city


