दुई अमेरिकी अर्थशास्त्रीलाई ‘अक्सन थियोरी’मा उनीहरुले गरेको योगदानका लागि नोबेल पुरस्कार दिइने भएको छ। द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अर्थशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई संयुक्तरुपमा दिने घोषणा गरेको हो। अक्सन थियोरीलाई सुधार गर्दै उनीहरुले अझ वैज्ञानिक बनाएको एकेडेमीको ठहर छ। उनीहरुले अक्सनको नयाँ ढाँचा पनि पत्ता लगाएका छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उद्योगी अल्फ्रेड नोबेलको नाममा सन् १९६९ देखि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइँदै आएको छ। गत वर्ष अविजित बेनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई संयुक्तरुपमा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो। यो वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय भएको छ।
Advertisements



JUNGLE






from the
city


