दुई फरक–फरक कम्पनीका कोरोनाविरुद्धको खोप मिसाएर परीक्षण गरिदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

दुई फरक–फरक कम्पनीका कोरोनाविरुद्धको खोप दिँदा कत्तिको प्रभावकारी हुन्छ भनेर ब्रिटेनमा परीक्षण सुरु गरिएको छ । अहिले मानिसहरूलाई एउटै कम्पनीको खोपको दुई डोज दिने गरिएको छ । तर कुनै एक कम्पनीबाट भइरहेको खोप आपूर्तिमा व्यवधान उत्पन्न भएमा अर्को कम्पनीको खोप दिन उपयुक्त हुन्छ कि हुँदैन भन्ने सुनिश्चित गर्न यस्तो परीक्षण भइरहेको वैज्ञानिकहरूले बताएका छन् । वैज्ञानिकहरूले दुई फरक कम्पनीका खोपहरू दिँदा प्रतिरोधक क्षमता अरू राम्रो हुन सक्ने अपेक्षा पनि गरेका छन् । परीक्षणमा अहिलेसम्म कोरोनाविरुद्धको खोप नलिएका उमेर ५० वर्ष वा माथिका ८ सयभन्दा बढी स्वयंसेवकले भाग लिने बीबीसीले जनाएको छ । ती सहभागीले ४ देखि १२ साताको अन्तरमा अस्ट्राजेनेका र फाइजरले विकास गरेका फरक–फरक खोप लिनेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बेलायतका खोपमन्त्री नधिम जहावीका अनुसार यस अध्ययनका लागि सरकारले करिब ७० लाख पाउन्ड प्रदान गरेको छ । अध्ययनको नतिजा आउन केही महिना लाग्ने भएकाले त्यतिन्जेलसम्म सरकारले कुनै नीति परिवर्तन नगर्ने पनि जहावीले बताएका छन् । बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा। पदम सिम्खडाले खोप बनाउने ४ वटा मेकानिजम हुने र फरक–फरक मेकानिजमका खोप मिसाउँदा मानिसको एन्टिबडी क्रियाशील पार्ने विश्वाससहित नयाँ परीक्षण गर्न लागिएको बताए । यस्तो अभ्यास यसअघि इबोला, दादुरामा पनि गरिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सिम्खडाका भनाइमा फाइजर–बायोएनटेक आरएनए खोप हो, जसमा जेनेटिक कोड मानिसको शरीरभित्र पठाइन्छ भने अक्सफोर्ड अस्ट्राजेनेका खोप भाइरसलाई जेनेटिकल्ली मोडिफाइड गरी बनाइएको खोप हो, जहाँ मानिसको शरीरमा भाइरस नै पठाइन्छ । ‘एउटाले नगरेको काम अर्कोले गर्न सक्ने र एउटै खोप आपूर्ति हुन अप्ठेरो हुने भएपछि यो उपाय आएको बुझ्न पनि सकिन्छ,’ सिम्खडाले भने । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरका अनुसार बेलायतमा शनिबार साँझसम्म १ करोड २१ लाख ४६ हजार ४ सय ७१ जनाले खोपको पहिलो डोज लिएका छन् । यहाँ हाल फाइजर–बायोएनटेक र अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित दुइटा खोप वितरण भइरहेको छ ।

यसैबीच, बेलायतमा निर्मित अक्सफोर्ड–अस्ट्राजेनेका खोप कोरोना भाइरस संक्रमण घटाउनमा प्रभावकारी बनेको एक अध्ययनले देखाएको छ । खोपको पहिलो डोज मात्रैबाट पनि संक्रमण न्यूनीकरणमा टेवा पुगेको पाइएको हो । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनले बेलायतमा अहिले भइरहेको खोप वितरणले भाइरसको संक्रमण घटाउन थालिसकेको देखाएको छ । खोपको एक डोज लिएका मानिसको स्वाब परीक्षणका क्रममा पोजिटिभ पाइने दर ६७ प्रतिशतले घटेको हो ।

अध्ययनमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार खोपको एकमात्र डोजले पनि ३ महिनासम्मका लागि ७६ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ । खोपको प्रभावकारितासम्बन्धी उक्त अध्ययन डिसेम्बर ७ अगावै खोप लिने मानिसमा गरिएकाले भाइरसको नयाँ प्रजातिको हकमा खोपको प्रभाव समान हुनेरनहुने स्पष्ट हुन भने अझै बाँकी छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु