दुई सातामै बिक्री भएको क्रसफायर एचजे २५० को फेरि बुकिङ खुल्ने

क्रसफायर एचजे २५०

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

भदौ १७, काठमाडौं । नेपाली बजारमा हालै उपलब्ध क्रसफायरको नयाँ बाइक एचजे २५० दुई सातामै बिक्री भएको छ । गत चैत महिनामा बुकिङ खोलेर हालै बिक्रीका लागि उपलब्ध सबै युनिट दुई सातामै बिक्री भएको नेपालमा क्रसफायर बाइकको वितरक क्लासिक ह्विल्स एक्सपोर्ट इम्पोर्टले बताएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

क्लासिक ह्विलले डर्ट र मोटार्ड सिरिजको सो बाइक बिक्रीका लागि उपलब्ध गराएको थियो । लामो समय सम्म प्रयोग गर्न सकिने गरी यसमा आल्मुनियम फ्रेमको प्रयोग गरिएको छ । टप इन्ड पर्फमेन्सको लागि यसको स्पोकेटको साइजलाई घटाइएको छ । यसले गर्दा इन्जिनको आयु बढाउन भूमिका खेल्छ भने राम्रो माइलेजका लागि इन्धन प्रसारण राम्रो बनाउनका लागि रिफाइन्ड कार्बुरेटरको प्रयोग गरिएको छ । विश्वमै राम्रो मानिने कोहिनको कार्बुरेटर फ्युलिङ सिष्टम यसमा प्रयोग गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कम्पनीले निकै नै भरपर्दो र शक्तिशाली बाइकको रुपमा यसलाई परिभाषित गरेको छ । यसमा प्रयोग गरिएको लिक्विड कुलिङ सिष्टमलाई अझै भरपर्दो बनाउनका लागि सर्कुलेटिङ कभरसहितको डबल रेटिएटर प्रयोग गरिएको छ । यसलाई अझै सहयोग गर्नका लागि फ्यान समेत उपलब्ध छ । कुलेन्टलाई राम्रोसँग प्रयोगमा ल्याउनका लागि ओभरफ्लो कुलेन्ट रिजरभ्वायर समेत उपलब्ध छ ।

सो बाइकको ग्राउन्ड क्लियरेन्स ३ सय ३० एमएम छ । यसले गर्दा यो पहाडी सडकमा चलाउन निकै नै सहज हुन्छ । यसको ह्विलबेस १ हजार ५ सय एमएम छ । यसको ड्राई वेट १ सय ९ किलोग्राम मात्र छ । क्रसफायर एचजे २५० बाइकको मूल्य ६ लाख १० हजार रुपैयाँ तोकिएको छ । नेपाली अटो बजारमा क्रसफायर र डर्ट बाइक एक अर्काका परिपुरक जस्तै बनेका छन् । डर्ट बाइकको नाम लिने वित्तिकै क्रसफायरको नाम अग्रपंक्तिमा आउने गर्छ । अफरोड राइिडिङमा रमाउने राइडरहरुको विश्वास जित्न सफल क्रसफायर धेरै नेपाली युवाहरुको ड्रिम बाइक समेत हो ।

बढ्दो लोकप्रियताका कारण पछिल्लो समय अटो बजारमा डर्ट बाइक र क्रसफायर एकआपसमा पर्यायबाची शब्दजस्तै बनेका छन् । डर्ट अर्थात अफरोड बाइकको नाम लिने वित्तिकै धेरैको मुखबाट क्रसफायरको नाम उच्चारण हुनुले पनि यसको बढ्दो लोकप्रियतालाई थप पुष्टि गर्छ । आकर्षक डिजाइन, स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र मनै लोभ्याउने ग्राफिक्सका कारण क्रसफायर धेरै युवा राइडरको मनमुटुमा वस्न सफल भएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु