दैनिक कोरोना संक्रमण बृद्धिमा भारत सबैभन्दा अगाडि, २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण

कोरोना भाइरस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा सोमबारदेखि दुई नम्बरमा पुगेको भारत दैनिक संक्रमण बृद्धिमा भने अमेरिकाभन्दा अघि छ । विश्वमै सबैभन्दा बढी संक्रमित भएको अमेरिका भन्दा भारतमा दैनिक बृद्धिदर दोब्बरले बढी हुन थालेको छ । अमेरिका हालसालका दिनहरूमा दैनिक औषत ४० हजार संक्रमित देखिन थालेका छन् भने भारतमा दैनिक बृद्धिदर औषत ८० हजार हाराहारी छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम गरेको भारतमा मंगलबार भने संक्रमित संख्या केही घटेको हो । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा ७५ हजार २२ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

संक्रमितमध्ये अहिलेसम्म ३३ लाख २१ हजार ४२० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ३४८ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७२ हजार ८१६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु