भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट म्याच ३१७ रनले जितेको छ । चेन्नईमा भएको दोस्रो टेस्ट म्याचमा पाहुना टिम इंग्ल्यान्डलाई हराउँदै भारतले शृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो । भारतलाई सानदार जित दिलाउनका लागि रविचन्द्रन आश्विनले इंग्ल्यान्डको कुल ८ विकेट लिए । त्यस्तै आश्विनले १ सय ६ रनको शतकीय प्रदर्शन पनि गरेका थिए । यसअघि भारतले इंग्ल्यान्डलाई ४ सय ८२ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ६४ रनमा अलआउट भयो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै जोए रुटले ३३ रन बनाउँदा डन लरेन्स र रोरी बर्न्सले २६ रन बनाए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185