धमलाको प्राइम टिभी संकटमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

६ साउन, काठमाडौं ।  प्राइम टाइम्स टेलिभिजन भन्नेबित्तिकै ऋषि धमलाको नाम जोडिन्छ र सबैले उनकै टिभी हो भन्छन् । धमला यो टेलिभिजनका अध्यक्ष हुन् तर अहिले टिभी संकटमा परेको छ । केही कर्मचारी निकालिएका छन् भने अझै केहीको जागिर पनि छिटै जाने सम्भावना छ ।
समाचार स्रोतका अनुसार लगानीकर्ता देवमान हिराचन र तेजेन्द्र खड्काबीच चरम बिबादले टेलिभिजन नै अस्तव्यस्त बनेको छ । दुवै जनाले आफ्ना तर्फबाट प्रतिनिधिलाई जागिर खुवाएका छन् । समाचार शाखाका सहित लगभग १० जनालाई जागिरबाट निकालिएको छ । उनीहरुलाई निकालिएपछि अरु कर्मचारी पनि त्रासमा छन्, यतिमात्र होइन कर्मचारीले केही महिनाको तलव पनि पाएका छैनन् ।
चर्चित पत्रकार धमला रहेको टिभीमा नै यस्तो समस्या आएपछि मानिसहरुले कुरा काट्न थालेका छन् । पत्रकारको हकहितको लागि आफू सधैं लागिपरेको दावी गर्ने धमलाको यो अवस्था आएपछि अब टिभी कसरी चल्ला भन्ने शंका सुरु भएको छ ।
टिभीमा धमलाको थोरैमात्र लगानी छ । लगानीकर्ताहरु हिराचन र खड्का दुवै आफ्नो शेयर झिक्ने दाउमा छन् । अहिले टिभीले नयाँ लगानीकर्ताको खोजी गरिरहेको जनाइएको छ । खड्काले बुहारी निलम बज्राचार्यलाई जीएम् बनाएका थिए, उनले पनि जागिर छोडेकी छिन् र त्यो ठाउँमा हिराचनका प्रतिनिधिका रुपमा बैकुण्ठ ढुंगानालाई ल्याइएको छ ।
टिभी संकटमा पर्दै गएपछि जागिर खान आउने र निस्कनेको ताँती नै लागेको छ । कोही पनि लामो समयसम्म टिक्न सकेका छैनन् । कसैको सोर्सफोर्स र आफ्ना मान्छे राख्ने दाउमा अनुभवी र विषयसँग दक्षभन्दा पनि कमजोर र सम्वन्धित विषय नै नजानेका मान्छेलाई नियुक्ति दिएको पनि आरोप लागेको छ ।
काग्त्यानी चोकमा कार्यालय रहेको टिभीको मासिक भाडा २ लाख रुपैंया तिनुपर्छ, यो घर सिन्धुपाल्चोकका गिरीको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु