धरानमा सात महिनापछि आजबाट शुरु भयो जिपलाईन खेल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

पर्यटकीय नगरी धरानमा पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (र्याफ्टिङ) शुरु गरे पछि अन्य साहसिक खेल पनि शुरु हुन थालेका छन् । पाराग्लाडिङ पछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जिपलाईन खेल शुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको जिपलाइन खेल सात महिनापछि आजबाट शुरु भएको छ । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालन गरेको खेल लकडाउन भए पछि बन्द भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भेडेटारमा २ वर्ष अध्ययन गरेर करिब ३ करोड लगानीमा जिपलाइन शुरुआत गरेको सञ्चालक मध्येका एक विवस भण्डारीले जानकारी दिए । उनका अनुसार जिपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०/४० सेकेण्ड लाग्छ । क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ गरी तीन प्रकारको सुविधा दिइदै आएको छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन भने सुपरम्यानमा उडे झै गरी फ्लाइङ गर्छन । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको एक हजार दुई सय, सुपरम्यानको एकहजार पाँच सय र कपलको एकहजार आठ सय रुपैंया मूल्य तोकिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तारको क्षमता ११ हजार किलो भारको छ । सेफ्टी बेल्ट९हार्नेस० २२ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सयकेजीसम्मको रहेको कम्पनिले जनाएको छ । साहसिक पर्यटकहरुको ५ लाखका बीमा पनि भएकोले सुरक्षाको चिन्ता लिन नपर्ने सञ्चालक बताउँछन् । नेपालमा हुँदै आएका १६ वटा साहसिक खेलमध्ये पाँच÷छ वटा खेल धरानमा सम्भावना रहेको धरान उपमहानगरपालिकाका पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङले जानकारी दिए ।

उनका अनुसार धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ विपलाइन, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ । साइकिलिङ बोटिङ खेल निजीस्तरबाट भइरहेका छन् । धरानका युवा व्यवसायी मदन ढकालले धनकुटाको मुलघाटबाट चतरासम्म जलयात्रा (र्याफ्टिङ) सेवा दिदै आएको छ । छोटी मोरङ र दानाबारीबाट पाराग्लाइडिङको उडान भइरहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु