धादिङको बेनीघाट गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 178
  •  
  •  
  •  
  •  
    178
    Shares

पृथ्वी राजमार्गअन्तगर्त धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएका छन् भने ३ वटा गाडी त्रिशूलीमा बगेका छन्।
गाउँपालिकाको वडा नं. १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूलीमा बगेको धादिङ प्रहरीले जनाएको छ। यद्यपि, उक्त घटनामा मानवीय क्षति भने भएको छैन।
गाडीबाट मानिसलाई निकालेर सुरक्षित स्थानमा सारिएको र रोकी राखेको गाडी पहिरोले पुरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले दिएको जानकारीअनुसार पहिरोमा एउटा कार, २ डिआई गाडीसहित ४ वटा गाडी पुरेको छ।
यस्तै, २ वटा डिआई गाडी र एउटा मिनी ट्रक पहिरोमा बगेर त्रिशूलीमा खसेसँगै बगेर बेपत्ता भएको छ। त्यँहा अहिले पनि पहिरो खस्नेक्रम जारी रहेको र घटनास्थलमा प्रहरी पनि परिचालन भइसकेको डिएसपी खड्काले जानकारी दिए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु