धेरै मानिसहरुले थाहा पाएका गुगल म्यापको ६ उपयोगी फिचरहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

अधिकांश मानिसहरु गुगल म्यापलाई बाटो पहिल्याउन र लोकेसन पत्ता लगाउन मात्र प्रयोग गर्ने गर्छन् । तर यसका धेरै उपयोगी फिचरहरु मानिसहरुले थाहा पाइरहेका हुँदैनन् । उदाहरणका लागि जब तपाईं अन्य मुलुकमा जानुहुन्छ, तब गुगल ट्रान्सलेटले तपाईंले जान चाहेको ठाउँको नामलाई तपाईंको भाषामा अनुवाद गरिदिन्छ । यसबाहेक तपाईले विमानस्थलहरुमा म्याप इनडुअर प्रयोग गर्नसक्नुहुन्छ । तपाईलाई थाहा नभएका केही गुगल म्यापका फिचरका बारेमा आज हामी तपाईहरुलाई बताउँदै छौं।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एन्ड्रोइडसँग प्लस कोड लोकेसन शेयर गर्नुहोस् – यदि कुनै अन्जान ठाउँमा पुग्नुभयो तर, आफ्नो लोकेसन साथीलाई पठाउनु पर्नेछ भने तपाईंले एउटा नयाँ गुगल म्याप फिचर प्रयोग गर्नसक्नुहुन्छ । यसका लागि तपाईंले एन्ड्रोइड फोन प्रयोग गर्नुपर्छ । यो नयाँ फिचरले तपाईंलाई आफ्नो साथीलाई ६ डिजिट कोड लोकेसन शेयर गर्न दिन्छ । यसलाई प्रयोग गर्न तपाईंले गुगल म्याप एप खोल्नुहोस् । त्यसपछि तपाई भएको ठाउँलाई देखाउने निलो थोप्लोमा ट्याप गर्नुहोस् । तपाईको स्क्रिनको टप डिस्प्लेमा ६ डिजिटको कोड देखा पर्दछ । त्यसलाई अब आफ्नो परिवार र साथीभाईसँग शेयर गर्नुहोस् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ठाउँको नाम र ठेगानालाई अनुवाद गर्नुहोस् – यदि तपाईं अन्तराष्ट्रिय यात्रामा जाँदै हुनुहुन्छ, तर त्यो देशको भाषा बुझ्नुहुँदैन भने गुगल म्याप तपाईंको सेवामा हाजिर हुनेछ । ती देशको स्वदेशी भाषामा भएका नामहरुलाई गुगल म्यापको यो फिचरले तपाईंले बुझ्ने भाषामा पढेर सुनाउने छ ताकि तपाई त्यो ठाउँमा जान सक्नुहोस् । यो ल्याङग्वेज टुल प्रयोग गर्न तपाईंले चाहेको ठाउँमा जानुहोस् र त्यसलाई ट्याप गर्नुहोस् । त्यो ठाउँको नाम छेउमा एउटा स्पिकरको आइकन देख्नुहुनेछ । त्यसालई ट्याप गरिसकेपछि त्यो शब्दलाई कसरी उच्चारण गर्ने भनेर सिक्न सक्नुहुन्छ । यति भइसकेपछि तपाई कुनै अनुभवीले जसरी नै यात्रा गर्नसक्नुहुन्छ ।

भेहिकल आइकनलाई कस्टमाइज गर्नुहोस् – गाडी कुदाउँदै गर्दा एउटा निलो एर्रोलाई हेरिरहन दिक्क लाग्छ । यदि यो निलो आइकन मन परेन भने त्यसलाई तपाईंले गाडीको आइकनको रुपमा पनि परिवर्तन गर्नसक्नुहुन्छ । यसका लागि तपाईंले रातो सेडान, हरियो ट्रक वा पहेँलो एसयुभीमा परिवर्तन गर्नसक्नुहुन्छ । तर यो फिचर आइफोनमा मात्र एक्टिभेट छ ।

अर्डर फुड – कतिपय रेस्टुरेन्टहरुले गुगल म्याप एपमा पनि आफ्नो सेवालाई इन्टिग्रेट गरेका हुन्छन् । गुगल म्याप एप खोल्नुहोस् र त्यस्तो सेवामा सहभागी भएको रेस्टुरेन्टको अर्डर अनलाइनमा ट्याप गर्नुहोस् । त्यहाँ डेलिभरी चयन गर्नुहोस् । अब तपाईंको खाद्यन्न डेलिभर गर्न सर्भिस पिक गर्नुहोस् । अब तपाईंलाई के खान मन छ, त्यसलाई कार्टमा एड गर्नुहोस् । प्रक्रिया सम्पन्न गरिसकेपछि अब चेकआउट सेलेक्ट गर्नुहोस् । पेमेन्ट डिटेल त्यसमा राखिदिनुहोस् र प्लेस योर अर्डर ट्याप गर्नुहोस् ।

दुरी नाप्नुहोस् – यदि तपाईं दुई ठाउँको दंरी नाप्न चाहानुहुन्छ भने गुगल म्यापमा त्यस्तो टुल छ । यो टुललाई मेजर डिस्ट्यान्स भनिन्छ । यसलाई तपाईले आफ्नो फोन र डेस्कटपमा प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंलाई फिट वा किलोमिटरमा दुरीको नाप दिन्छ । पीसी वा म्याकमा गुगल म्याप ब्राउज गरेर गुगल म्यापको स्टार्टिङ पोइन्टमा दायाँतिर क्लिक गर्नुहोस् । अब मेजर डिस्टेन्स सेलेक्ट गर्नुहोस् र मेजरिङ म्यापमा कन्टिन्यु गर्नुहोस् । कन्टिन्यु तबसम्म गर्नुहोस् जबसम्म तपाईंले चाहेको दुरीको सम्पूर्ण क्षेत्र सेलेक्ट गरिसक्नु हुँदैन । फोनमा हो भने ड्रप पिन नदेखेसम्म स्टार्टिङ पोइन्टमा प्रेस गरेर होल्ड गरिरहनुहोस् । अब तल रहेको मेनुमा ट्याप गरी मेजर डिस्ट्यान्स सेलेक्ट गर्नुहोस् । तपाईले निलो डटको लाइन देख्नुहुनेछ । त्यसलाई चलाउन तपाईंले नाप्न चाहेको दिशातिर स्क्रिनभरी औंला तान्नुहोस् । तपाई रोक्किन चाहेको ठाउँमा पुगिसकेपछि एड पोइन्टमा ट्याप गर्नुहोस् । निलो लाइनको एउटा नयाँ सेट देखा पर्दछ । अब त्यो सबै क्षेत्र नपिन्जलसम्म तपाईले यो स्टेपलाई दोहोर्याउन सक्नुहुन्छ ।

म्याप इन्डोर प्रयोग गर्नुहोस् – ठूला विमानस्थलमा तपाईंले आफ्नो बाटो पहिल्याउन नसक्नुहोला । तर गुगल म्यापले तपाईंलाई विमानस्थलभित्रका त्यस्ता अपरिचित टर्मिनलहरुमा सहयोग गर्नेछ । यसले तपाईंलाई नजिकको गेट, रेस्टुरेन्ट, पसल, लन्ज र त्यो क्षेत्रका अन्य ठाउँहरु पनि देखाइदिन्छ । यसका लागि तपाईंले गुगल म्यापमा खोजिरहेको टर्मिनल सर्च गर्नुहोस् । त्यहाँ जूम इन र जूम आउट गर्नसक्नुहुन्छ । विभिन्न फ्लोर देख्नसक्नुहुन्छ र फ्लोरमा ट्याप गरेर त्यहाँ स्विच गर्नसक्नुहुन्छ । यो फिचर अन्य ठूला मल र भेन्युहरुमा पनि प्रयोग गर्न सकिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु