गत २६ जनवरीका दिन भारतको राजधानी नयाँ दिल्लीमा भएको हिंसाका मुख्य आरोपीहरु मध्येका एक दीप सिद्धूलाई प्रहरीले गिरफ्तार गरेको छ । करिव १५ दिन फरार रहेका उनी मंगलबार दिल्ली प्रहरीको फेला परेका हुन् । प्रहरीले उनीमाथि एक लाख भारतीय रुपैयाँको इनाम समेत राखेको छ । उनलाई कहाँबाट गिरफ्तार गरिएको हो भन्ने कुरा भने सार्वजनिक भएको छैन । प्रहरीले यी पञ्जाबी अभिनेतामाथि एक लाख भारुको इनाम राखेको थियो, तर यी सबैका बीच दीप सिद्धूले एकपछि अर्को गर्दै भिडियो सन्देशहरु सार्वजनिक गरिरहेका थिए । भनिन्छ, उनले जुन भिडियो सामाजिक सञ्जालमा अपलोड गर्छन्, त्यसको पछाडि सिद्धूकी एक नजिककी महिला मित्रको सहयोग छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रहरीका अनुसार दीप सिद्धू भिडियो बनाउँथे, तर त्यसलाई उनकी महिला मित्रले अपलोड गर्थिन् । ती महिला मित्र भारतभन्दा बाहिर बसेर सिद्धूको भिडियो अपलोड गर्ने प्रहरीको दावी छ । यसका पछाडि सिद्धूको योजना गुप्तचर संस्थालाई भड्काउनु रहेको प्रहरीको अनुमान छ । अर्थात, दीप सिद्धू एक व्यवसायिक अपराधीले झैं प्रहरीसंग लुकामारीको खेल खेलिरहेका थिए । त्यसो त, हालै मात्र यी पञ्जाबी अभिनेताले एउटा भिडियो जारी गरेर के भनेका थिए भने उनले केही पनि गलत गरेका छैनन्, त्यसैले उनलाई कुनै डर छैन । उनी उक्त घटनासंग सम्बन्धित प्रमाणहरु जुटाइरहेका थिए र दुई दिनपछि प्रहरी समक्ष प्रस्तुत गरिने छ ।



JUNGLE






from the
city



अभिनेताको भनाइ के पनि छ भने अनुसन्धान एजेन्सीहरुले उनको परिवारलाई दुस्ख नदिउन् । यसैबीच प्रहरीले उनलाई गिरफ्तार गरेको हो । २५ जनवरीका दिन उपद्रोहीहरुको भिडले दिल्लीको लाल किल्ला पुगेर उत्पात मच्चाएका थिए र आफ्नो झण्डा फहराएका थिए ।