नयाँ यूनिकर्नको उत्पादन सुरु, पहिलेका दुबै मोडलको उत्पादन बन्द

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

होन्डा यूनिकर्न १५० सफलताको एउटा छुट्टै पहिचान बनाएको मोटरसाइकल हो । सन् २००४ मा पहिलो पटक कम्पनीले बजारमा उतारेको यो मोटरसाइकल धेरै ग्राहकको पहिलो रोजाई बनेको थियो । लामो समयसम्म करिब ११ वर्ष एउटै मोडल बेचेर बसेको होन्डाले सन् २०१५ मा सिबी यूनिकर्न १६० बजारमा ल्यायो । पहिला बिक्री हुँदै आएको यूनिर्कन १५० को उत्पादन बन्द भयो । तर, ग्राहकबाट राम्रो प्रतिक्रिया पाउन नसकेपछि ग्राहकको रोजाई भन्दै पुनः यूनिकर्न १५० को उत्पादन सुरु भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालमा स्याकार ट्रेडिङले बिक्री वितरण गर्दै आएको यो मोडल निकै रुचाइएको थियो । नयाँ सिबी यूनिकर्न १६० बजारमा आएसँगै क्रमिकरुपमा यसको बजार घट्दै गएको हो । विगत १६ वर्षमा यूनिर्कन २५ लाख यूनिट बिक्री भएको होन्डा इन्डियाको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । कम्पनीले पछिल्लो पटक सन् २०१८ ल्याएको यूनिकर्न १५० नेपालमा पुनः एक वर्षअघि सार्वजनिक भएको थियो । यसको मूल्य अहिले २ लाख ६१ हजार ९०० रुपैयाँ तोकिएको छ । सिबी यूनिकर्न १६० को मूल्य भने २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । अब कम्पनीले भारतमा यसअघि बिक्री हुँदै आएको यूनिकर्न १५० र सिबी यूनिकर्न १६० को उत्पादन बन्द गरेको छ भने नयाँ यूनिकर्नको उत्पादन सुरु गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नयाँ यूनिकर्न २०२० मोडल
ग्राहकले सबैभन्दा मन पराएको यूनिकर्न १५० को डिजाइन, पार्टस र अधिकांश समान बिशेषता प्रदान गर्दै नयाँ एफआई इन्जिनमा यूनिकर्नको बिक्री भारतमा सुरु भइसकेको छ । कोरोना संक्रमण फैलिएपछि नेपालमा नयाँ मोटरसाइकल आउन सकेको छैन । यस्तोका कम्पनीले नयाँ यूनिकर्न नेपाल ल्याएको छैन । बाहिरबाट हेर्दा नयाँ यूनिकर्न पुरानो १५० जस्तै देखिन्छ । तर, पुरानो यूनिकर्नभन्दा नयाँ यूनिकर्नको तौल ६ केजी कम रहेको होन्डाले जनाएको छ । नयाँ यूनिकर्नको सिट पनि पुरानोभन्दा २४ एमएम लामो रहेको छ । नयाँ यूनिकर्नमा अगाडि र पछाडिको टायर १८ इन्चको प्रयोग गरिएको छ । यसमा ग्राउन्ड क्लियरेन्सपनि ८ एमएमले बढाएर १८७ एमएम बनाइएको छ ।

पुरानो यूनिकर्न १५० जस्तै
सिबी यूनिकर्न १६० मा ग्राहकले रुची नदेखाएपछि कम्पनीले नयाँ मोटरसाइकललाई पुरानो मोडल यूनिकर्न १५० को लुक्समा ल्याएको हो । नयाँ यूनिकर्नको डिजाइन शतप्रतिशत पुरानो १५० जस्तै रहेको छ । तर, हेडल्याम्प कौलमा भने थोरै परिमार्जन पाउन सकिन्छ । यसमा पुरानै १३ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ । कलरमा समेत कुनै परिमार्जन नगरिएको नया यूनिकर्न रतो, ग्रे र कालो कलरमा उपलब्ध रहने छ ।

पहिलेभन्दा छिटो इन्जिन
कम्प्नीले नयाँ यूनिकर्नमा १६२ सीसी क्षमताको एफआई इन्जिन प्रदान गरेको छ । उक्त इन्जिनले १४ हर्सपावर र १३।९२ एनएम टर्क प्रदान गर्छ । यसअघि सिबी यूनिकर्नले १२।९२ बीएच पावर प्रदान गथ्र्यो । नयाँ यूनिकर्नले करिब ८ प्रतिशत पावर र १० प्रतिशत माइलेज बढी दिने कम्पनीको दाबी छ ।

लाइट र फिचरमा परिमार्जन भेट्नै गाह्रो
होन्डा मोटरसाइकलमा नयाँ फिचर प्रदान गर्ने मामलामा अग्रणी कम्पनी भएपनि यूनिकर्न २०२० मा यस्ता कुनै फिचर पाउन सकिदैन । कम्पनीले यसमा यसअघि उपलब्ध नरहेको इन्जिन किल स्वीच र स्वीच टु डिसि हेडल्याम्प फिचर प्रदान गरेको छ । अहिले ल्याउने सबै किसिमका मोटरसाइकलमा एलइडी लाइटको प्रयोग गरिएको भएपनि होन्डाले यसमा कुनैपनि लाइट एलइडी प्रयोग गरेको छैन । साइड स्टाइन डाउन इन्जिन किल फङ्सन, डिजिटल इन्ट्रुमेन्ट कन्सोल जस्ता कुनैपनि फिचर नयाँ यूनिकर्नमा उपलब्ध छैन । होन्डाले आफ्ना स्कुटर र सिबी साइनमा प्रदान गरेको ‘साइलेन्ट स्टार्ट सिस्टम’समेत यसमा दिएको छैन ।

उच्च मूल्य
यो मोटरसाइकल नेपाल नआएकोले यसको नेपालमा तुलनात्मक अन्तर कति हुन्छ भन्ने अहिले एकिन गर्न सकिदैन । तर, भारतमा बिक्री सुरु भएको यो मोटरसाइकलको दिल्लीमा एक्स शोरुम मूल्य भने यूनिकर्न १५० भन्दा करिब १३ हजार भारतीय रुपैयाँ बढी रहेको छ । यसलाई कम्पनीले भारतमा ९३ हजार ५९३ भारु मूल्य कायम गरेर बिक्री गर्दै आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु