नर्ड स्ट्रिम–२ आयोजनाको बिरुद्धमा अमेरिकी दबाब बढे पनि यसको वर्षौदेखि रोकिएको काम आगामी महिनादेखि पुनः सुरु हुने भएको छ । यो पाइपलाइनबाट रुसबाट जर्मनीमा प्राकृतिक ग्यासको आपूर्ति गर्ने योजना छ । “हामीले एंकर–पोजिसन्ड जहाज प्रयोग गरेर पाइप लाइनको काम पुनः सुरु गर्ने योजना बनाइरहेका छौ,” अपरेटरलाई उद्र्धृत गर्दै रुसी मिडियाले जनाएका छन् । नर्ड स्ट्रिम–२ को अपरेटरले योजनाको पुष्टि गर्नुपूर्व जर्मनी मिडियाले पाइपलाइनको अन्तिम भागको निर्माण चाडोमा डिसेम्बर ५ मा पुनः सुरु हुने जनाएको छ । १ हजार २२४ किमी लामो ग्यास पाइपलाइनको लगभग ७५ किमी भाग पुरा हुन अझै बाँकि भएको एजेन्सीले जनाएको छ । झन्डै १६ किमी जर्मनीको आर्थिक जोनमा रहेको र बाँकि डेनिस जल क्षेत्रमा रहेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अमेरिकी प्रतिबन्धको डरले स्वीस–डच पाइपलाइन फर्म अलसिजले आफ्नो जहाज फिर्ता गराएपछि बहुअर्ब डलरको आयोजना गत वर्षको अन्त्यमा अचानक रुपमा रोकिएको थियो । यद्यपि रुसले भने आफ्नो साझेदारहरुलाई ढिलै भएपनि आफ्नै प्रयासमा आयोजना पुरा गर्ने आश्वस्त पारेको छ । वासिङटनले भने नर्ड स्ट्रिम–२ को निर्माण पुरा हुन नदिने प्रयास गरिरहेको छ । वासिङटनको पछिल्लो दबाब खेप्नेमा नर्वेजियन–जर्मन प्रमाणित कम्पनी डेट नर्सक भेरिटास रहेको छ । यो साताको सुरुमा फर्मले अमेरिकी प्रतिबन्धको डरका कारण काम रोक्नु परेको बताएको थियो । नर्ड स्ट्रिम–२ बाट सस्तो रुसी प्राकृतिक ग्यास जर्मनी र अन्य युरोपेली मुलकुहरुमा पु¥याउने लक्ष्य राखिएको छ । यो पाइपलाइनबाट यी मुलुकहरुमा प्रतिवर्ष ५५ अर्ब घन मीटर ग्यास आपूर्ति गर्ने लक्ष्य राखिएको छ ।



JUNGLE






from the
city


