नर्वेमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाएका २३ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

युरोपियन मुलुक नर्वेमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको फाइजर खोप लगाएका २३ जनाको मृत्यु भएको छ । नर्वे न्युजका अनुसार फाइजर खोपको पहिलो डोजल लगाएको केही दिनमै उनीहरुको मृत्यु भएको हो । स्वास्थ्य अधिकारीहरुले खोपको साइड(इफेक्टका कारण मृत्यु हुन हुनसक्ने बताएका छन् । खोप लगाइसकेपछि ज्वरो आउने र वाकवाकी लाग्नेजस्ता प्रतिक्रियाहरु देखिन सक्छन् । नर्वेजियन मेडिकल एजेन्सीका फिजिसियन प्रमुख सिगर्ड होर्टेमोले भने, “खोप लगाइसकेपछि देखिने सामान्य प्रतिक्रियाहरु गम्भीर हुँदै गएपछि मृत्यु भएको हुनसक्छ ।”

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मृत्यु भएका १३ जना नर्सिङ होममा उपचार गराइरहेका थिए र उनीहरुको करिब ८० वर्षको आसपासका रहेका थिए । अधिकारीहरुले यसलाई गम्भीररुपमा नलिएको र खोप कसले लगाउनु हुँदैन भन्‍ने विषयमा जोड दिइरहेको पाइएको छ । फाइजर खोप लगाएका दुईजनाको नर्सिङ होमा मृत्यु भएको एक सातापछि खोप लगाएका २३ जनाको मृत्यु भएको बताइएको हो । डिसेम्बर अन्तिसम्म स्क्यानडेभियन मुलुक नर्वेमा २० हजारले कोरोनाविरुद्धको खोप फाइजर र मोर्डेनाको पहिलो डोज लगाएका छन् । नर्वेका मेडिकल डाइरेक्टर स्टेनार मेडसनले भने, “यसले धेरै गम्भीर हुनुपर्ने देखिँदैन । यो खोपले केही सामान्य लक्षण देखिनु स्वभाविक हो । केही अपवादको मृत्यु पनि हुनसक्छ ।” अन्य २९ जनालाई पनि यसको साइड इफेक्ट देखिएको नर्वेजियन मेडिकल एजेन्सीले जनाएको छ । जसमध्ये २१ महिला र एक पुरुष रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु