नर्वेमा विद्युत प्रयोग गरे बापत उल्टै पैसा पाउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

नर्वेका केही भू–भागमा विद्युतको मूल्य इतिहासमै दोस्रो पटक झन्डै शून्य भन्दा तल झरेको छ । मूल्य ऋणात्मक भएकाले दक्षिणी नर्वेमा विद्युत प्रयोग गरे बापत उल्टै पैसा पाउने भएका छन् । ओश्लो र क्रिश्टिन्सान्डभित्र र वरपर सोमबारको सुरु ४ घन्टाको अवधिमा ऋणात्मक भएको थियो । नर्वेमा विद्युतको मूल्य शून्य तल झरेको यो इतिहासक दोस्रो पटक हो । जुलाईको सुरुमा नर्वेमा विद्युतको मूल्य १ घन्टाका लागि ऋणात्मक भएको थियो । त्यतीेबेला हिमाली क्षेत्रमा भारी मात्राम हिउ परेको, सीमित मात्रामा निर्यात र गृष्मकालिन समय सुरु भएकाले अहिलेसम्मकै पहिलो पटक ऋणात्मक मूल्य कायम भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सोमबारदेखिको पछिल्लो ऋणात्मक मूल्यका पछाडि भारी वर्षा र हुरी बतासका साथै स्वीडेनबाट उच्च मात्रामा परमाणु उर्जाको आयातले भएको ई–२४ का विश्लेषकहरुले बताएका छन् । सामान्य भन्दा उच्च तापक्रम भएकाले पनि दक्षिणी नर्वेमा न्यून उर्जाको माग भएको हो । नर्डिक मुलुकहरुमा हिउदको समय आएसँगै विद्युतको माग पनि बढ्ने अपेक्षा गरिएको विज्ञहरुले बताएका छन् । पश्चिमी युरोपकै ठूलो तेल र ग्यास उत्पादक नर्वेले धेरैजसो विद्युत जलविद्युतबाट उत्पादन गर्ने गर्छ । नर्वेजियन कम्पनी स्टाटक्राफ्टका अनुसार नर्वेको समग्र उर्जाको ९९ प्रतिशत जलविद्युतले ओगटेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विश्वव्यापी कुल विद्युत उत्पादनको ६ भागको १ भाग जलविद्युतको रहेको स्टाटक्राफ्टले जनाएको छ । स्ट्याटिक्स नर्वेका अनुसार यो मुलुकमा २०२० को सेप्टेम्बरमा विद्युत उत्पादनको ९१।२ प्रतिशत जलविद्युतको रहेको थियो । त्यसपछि ७।१ प्रतिशत वायु उर्जा र १।६ प्रतिशत थर्मल उर्जाको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु