नवलपरासीमा भदौ १५ गतेसम्म निषेधाज्ञा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञाको समयलाई बढाएर भदौ १५ गतेसम्म पुर्याएको छ। साउन ३१ देखि लागू भएको निषेधाज्ञाको समय थप गरेको यो तेस्रो पटक हो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जिल्ला सुरक्षा समिति, राजनीतिक दलका प्रतिनिधि, संघीय तथा प्रदेश सभा सदस्यलगायत बुधबार परासीमा बसेको सर्वदलीय बैठकले समुदायमा कोरोना संक्रमणको अवस्था फैलँदो रहेकाले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। त्यसैगरी यसअघि हरेक स्थानीय तहमा निर्माण गरिने भनिएको ५० बेडको आइसोलेसनलाई कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ।

७ स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले ८ देखि २५ बेडसम्मको आइसोलेसन बनाएका छन्। अधिकांश स्थानीय तह आइसोलेसन सुविधायुक्त नभएको गुनासो छ। संक्रमितको संख्या बढ्दै गएकाले सबै स्थानीय तहको समन्वयमा भेन्टिलेटर व्यवस्थासहितको आइसोलेसन बनाउन प्राविधिक अध्ययन गर्ने सर्वदलीयले निर्णय गरेको प्रजिअ पाठकले बताए।

निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न र अनावश्यक रुपमा हिंडडुल गर्न पाइने छैन। बैंक तथा वित्तीय संस्थाले अति आवश्यक भएका व्यक्तिलाई सेवा दिनका लागि कुनै एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर काम गर्न सक्ने व्यवस्था मिलाइएको छ।

जिल्लामा दिनहुँ संक्रमितको संख्या थपिंदै गएको छ। हालसम्म १ सय ९५ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए। ५ सय ३० जनाको पीसीआर रिपोर्ट आउन अझै बाँकी छ। कोरोनाका कारण एक जनाको मृत्यु भएको छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु