बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीको अभिनय रहेको फिल्म ‘सिरियस मेन’को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक सुधिर मिश्रको निर्देशनमा तयार भएको यो फिल्म अक्टोबर २ मा नेटफ्लिक्स मार्फत प्रीमियर हुनेछ। ‘सिरियस मेन’ मनु जोसेफको किताबमा आधारित फिल्म हो जसलाई भावेश मण्डलियाले लेखेका छन्। ट्रेलरमा मुम्बई सहर चित्रण गरेको देखिन्छ। फिल्म एक बस्तीमा बसोबास गर्ने परिवारको कथा हो। यसमा उच्च सम्मानका भोका एक बुवा आफ्नो छोराको प्रतिभाबारे झुटो तारिफ गर्दै हिँड्छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
फिल्ममा उनको झुटको जालो कसरी घुमेको छ भन्ने देखाइएको छ। यसमा नवाजुद्दिनसँगै अक्षत दास, श्वेता बासु प्रसाद, नसार र इन्दिरा तिवारीको मुख्य भूमिका छ। हिन्दुस्तान टाइम्सका अनुसार फिल्मबारे कुरा गर्दै नवाजुद्दिनले एक प्रेस विज्ञप्तिमा भनेका छन्, ‘नेटफ्लिक्ससँगको यो मेरो तेस्रो प्रोजेक्ट हो। र स्ट्रिमिङ सेवामा फर्किदा सधैं घर फर्केझैं लाग्छ। म यो फिल्मका लागि निकै उत्साहित छु किनभने सुधिर मिश्रसँग काम गर्न मैले २० वर्ष प्रतीक्षा गरेको छु। यो फिल्मसँगै मेरो सपना साकार भएको छ। दर्शकहरू समेत मेरो यो यात्रामा साथका लागि अधैर्य हुनुहुन्छ। म उहाँहरूलाई सिरियस मेन देखाउन निकै अधैर्य भइसकेँ।’



JUNGLE






from the
city



नवाजुद्दिनले सुधिरसँग काम गरेसँगै उनको २० वर्ष पुरानो सपना पूरा भएको खुलाएका छन्। उनले आफ्नो ट्विटरमार्फत सन् २००० मा फिल्म ‘कलकत्ता मेल’ को सेटमा निर्देशक सुधिरलाई भेट्ने आशामा कसरी दिन बिताएका थिए भन्ने घटना सम्झेका हिन्दुस्तान टाइम्सले लेखेको छ। त्यस बखत नवाजुद्दिनलाई निर्देशक सुधिरलाई भेट्ने सकेनन्। ‘सिरियस मेन’ सुधिरसँग काम गर्न पाउँदा नवाजुद्दिनले आफ्नो वर्षौं पुरानो सपना पूरा भएको बताएका हुन्।