नारायणी नदीको बाढीले सतर्कताको तह पार गर्याे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चितवन ।
चितवनको नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ । देवघाटमा मध्याह्न गरिएको मापन अनुसार बाढी उर्लिएर सात दशमलव ६२ मिटर माथि पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

देवघाटमा सात दशमलव तीन मिटरसम्म सतर्कताको तह र आठ मिटर पुगेमा खतराको तह मानिन्छ । यसैगरी नारायणगढ पुलमा मध्याह्न १२ गरिएको मापनमा नारायणी नदीको बाढी ११ दशमलव ३२ मिटरसम्म पुगेको छ । यहाँ ११ मिटर पुगेमा सतर्कताको तह मानिन्छ ।

केहीबेर अघिसम्म धनकुटास्थित तमोर नदीमा पनि बहाव उच्च भए पनि अहिले घटेको छ । यस्तै लम्जुङको बेंसिशहरमा भारी वर्षा भएको छ । त्यसैले त्यहाँको नारायणी नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचित गर्दै साइरन बजाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु