सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर निर्माण भएको रिमेश अधिकारी निर्देशित फिल्म नालापानीलाई विशेष फिल्म घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन फिल्मसँग सम्बन्धित संघ–संस्थाले सरकारसमक्ष सिफारिस गरेका छन्। चलचित्र विकास बोर्डले एक पत्रमार्फत फिल्मले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने हेतुले निर्माण भएकाले नालापानीलाई प्रदर्शन, प्रचारप्रचारलगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यस्तै, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ र राष्ट्रिय विभूति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालले फिल्मलाई विशेष राष्ट्रिय फिल्म घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्। फिल्मले उठान गरेको विषयवस्तुले अन्तर्राष्ट्रियस्तरमा देशको गौरव बढाउने पनि यी पाँच संस्थाको पत्रमा उल्लेख छ। फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले शुक्रबार चलचित्र विकास बोर्डसहित ६ संस्थाले गरेको सिफारिसपत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई बुझाएका छन्। राष्ट्रिय गौरवको कथामा फिल्म निर्माण भएकोमा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्रालयबाट हुने सहयोग गर्ने आवश्वास दिएका छन्। यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ। टिजर सार्वजनिक भइसकेको फिल्म सिनेमा हल सञ्चालनमा आएपछि प्रदर्शनमा हुनेछ। रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मलाई बीजीबी इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्स्ले सहकार्य गरेका छन्। नालापानीको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती र सम्पादन विपीन मल्लले गरेका छन्।



JUNGLE






from the
city



वसन्त खत्री मगरको भीएफएक्स रहेको फिल्ममा सहनिर्माता पुजना प्रधान र गणेश कार्की रहेका छन्। कार्यकारी निर्माता घनेन्द्र थपलिया रहेको फिल्मका निर्माता मनोज शाक्य हुन्। फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिस्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का डेभिड०, बाल कलाकार तेजश्वी अधिकारी, हार्दिक थपलिया, प्रनिश शाक्य, निर्माण थपलियाका साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ। प्राडा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित नालापानीका नायक वीर बलभद्र कुँवर पुस्तकमा आधारित रहेर इतिहासविद्हरु प्राडा धनराज कुँवर, प्राडा त्रिरत्न मानन्धर, प्रा। दिनेशराज पन्त, प्राडा सुरेन्द्र केसी, पूर्वसहायक रथी डा। प्रेमसिंह बस्न्यातहरुसँग छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक सैनिक इतिहासलगायतका पुस्तकमा आधारित भएर फिल्म निर्माण भएको हो।