नास्टले नेपालमै विकास ग-यो पीपीई टेस्टिङ डिभाइस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमै पीपीई टेस्टिङ डिभाइस विकास गरेको छ । कोभिड १९ को उपचारका क्रममा उत्पादन तथा आयात भइरहेका पीपीईको गुणस्तर परीक्षण गर्ने उपकरणको अभाव भएपछि नास्टले त्यसको आविष्कार गरेको हो । पीपीई क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस (पीसीटी) नाम दिइएको यो उपकरणको अनुसन्धान र विकासले गएको बिहीबार मात्रै पूर्णता पाएको थियो । यद्यपि यसको अन्तिम चरणको परीक्षण भने बाँकी छ । पीपीईले कोभिड १९ लगायतको प्याथोजन (ब्याक्टेरिया भाइरसलाई)छेक्न सक्छ कि सक्दैन भन्ने कुरा यकिन गर्ने उद्देश्यका साथ यो उपकरण तयार पारिएको नास्टका वैज्ञानिक डा। शंकर ढकालले जानकारी दिए । बिरामीले हाछ्युँ गर्दा निस्किने पदार्थ, उनीहरुलाई छाम्दा सर्न सक्ने ब्लड, पसिनाको पार्टिकल्स (अंश) मार्फत स्वास्थ्यकर्मीलाई संक्रमण सर्न सक्छ कि सर्दैन भन्ने कुरा यो उपकरणले निर्धारण गर्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सिन्थेटिक ब्लडलाई निश्चित तहको प्रेसमा पठाएर पीपीईको फ्याब्रिक ९कपडा० ले छेक्न सक्छ कि सक्दैन भनेर यो उपकरणको सहयोगमा परीक्षण गरिन्छ । छेक्न सकेको खण्डमा पीपीई गुणस्तरीय भएको मानिनेछ भने अन्यथा फेल ठहर्याइनेछ । १५ किलो पास्कलको प्रेसरमा सिन्थेटिक ब्लड पठाएर पीपीईको परीक्षण गरिने वैज्ञानिक डा। ढकालले बताए । सिन्थेटिक ब्लड पठाउँदा कपडाले छेक्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्न यस अघिसम्म नेपालमा त्यस खालको उपकरण उपलब्ध रहेको थिएन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जसले गर्दा नेपालमा प्रयोग भइरहेका मास्क, पीपीई लगायतका सामग्रीको गुणस्तर मापन हुन सकेको छैन । ‘त्यही आवश्यकता सम्बोधन गर्न हामीले यो परियोजनामा अनुसन्धान अगाडि बढाएका थियौं,’ वैज्ञानिक डा ढकालले भने, ‘स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन पीपीई लगायतको गुणस्तर मुल्याङ्कन गर्न, प्रमाणित गर्न पीपीईको समेत गुणस्तर जाँच गर्न जरुरी छ । यसले नेपालमा बनेका उत्पादनलाई प्रमाणीकरण गरेर बजार प्रवर्द्धनका लागि समेत सघाउन सक्छ ।’
नास्टले आफ्नो प्रविधि संकाय अन्तर्गत समिद्धिका लागि नवप्रवर्द्धन केन्द्र स्थापना गरेको छ । जसमार्फत कोरोना भाइरसँग जुध्न विभिन्न प्रविधि आविष्कार हुने क्रम जारी छ । स्वाब संकलन मोबाइल बुथ भेहिकल, धुन मिल्ने मास्क, आइसोलेसन बुथ जस्ता करिब एक दर्जन उत्पादन यस अघि नै तयार भइसकेका छन् । नास्टको प्रविधि संकायले विज्ञान संकायका वैज्ञानिकहरुसँग समेत आफ्नो प्रविधि विकास तथा परीक्षणका लागि समन्वय गर्दै आइरहेको छ । पीपीईको परीक्षण दुई चरणमा हुनेछ ।

जसको पहिलो चरणमा सिन्थेटिक रगतलाई चापसहित पीपीईको एकतर्फबाट पठाइन्छ र छेडेर अर्कोतर्फ गयो कि गएन त्यसको भिजुअल इफेक्ट ९भिडियो दृश्य० बाट हेरिन्छ । यसका लागि एएसटीएम (अमेरिकन स्ट्याण्डर्ड अफ मेटेरियल टेस्टिङ) १६७० को अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको छ । दोस्रो चरणको परीक्षणमा प्याथोजन (विशेष किसिमबाट तयार पारिएको भाइरस) लाई रगतमा मिसाएर त्यसैगरी पठाइन्छ । त्यसपछि अर्को तर्फबाट माइक्रोबायोलोजिकल स्याम्पल तयार गरिन्छ । त्यसमा कति प्याथोजन छिर्यो र त्यसले निश्चित समयमा आफूलाई कति मात्रामा वृद्धि गर्न सक्यो भन्ने कुरा यसमा हेरिन्छ । जसका लागि एसटीएम १६७१ को अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको छ । पीसीआर सम्बन्धी विज्ञता प्राप्त डा आरसी पौडेल र डा गण बज्राचार्य लगायतको टिमले त्यस्तो स्याम्पललाई कल्चर गरेर परीक्षण गर्ने चरणमा छन् ।

पाटन लगायतका अस्पताललाई पीपीई परीक्षणका लागि नास्टमा अनुरोध समेत आउन थालिसकेको वैज्ञानिक ढकालले जानकारी दिए । अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासलाई पछ्याएरै यो उपकरण तयार पारिएको नास्टले जनाएको छ । केन्द्रलाई यो उपकरणको अनुसन्धान र विकासमा नेपालमै पीपीई बनाइरहेको शिवशक्ति युनिफर्मले समेत सघाएको छ । ‘हामीले डिभाइसको पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘अहिले दोस्रो परीक्षणका लागि आवश्यक प्याथोजन सहितको सिन्थेटिक ब्लड कसरी तयार पार्न सकिन्छ भन्ने प्रोटोकल बनाइरहेका छौं । त्यसका लागि बाख्राको रगत प्रयोग गर्न सकिने संभावना र त्यसले पाउन सक्ने मान्यताको खोजीमा पनि छौं । दोस्रो चरणको परीक्षण पनि सफलतापूर्वक सम्पन्न हुनेमा हामी ढुक्क छौं ।’ डिभाइसको दोस्रो चरणको परीक्षण केही दिनमै हुने र पीपीईको परीक्षण कार्य सुरु गरिने नास्टले जनाएको छ । ढकालले अगाडि भने, ‘दुवै चरणको परीक्षण सम्पन्न भइसकेपछि विज्ञान र प्रविधि संकाय मिलेर अब हामी यहीँबाट पीपीई टेस्टिङको काम गर्ने गरी तयारीमा छौं ।’

पीपीई परीक्षणका लागि आवश्यक उपकरणको विकास अन्तिम चरणमा पुगेपनि नापतौल तथा गुणस्तर विभागसँग समन्वय भने भइसकेको छैन । विभागबाट नास्टमा अनुरोध आएमा आवश्यक सहयोग उपलब्ध गराइने वैज्ञानिक डा। ढकालले बताए ।‘सरकारको अनुसन्धान र विकासमा सघाउने शीर्ष निकाय भएकाले पनि हामी उहाँहरुसँग सहकार्य गर्न निकै उत्सुक छौं,’ उनले भने । पीपीई परीक्षण गरिदिए वापत भने नास्टले केही शुल्क लिने तयारी गरेको छ । अनुसन्धान तथा विकासमा लगानीका लागि प्रोत्साहित गर्ने उद्देश्यका साथ प्रविधि संकायका प्रमुख डा। रविन्द्र ढकालले यो अवधारणा अगाडि सारेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु