सरकारले अब नियमित रूपमा अन्तराष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण चैतयता बन्द शैक्षिक संस्थाहरू खुलाउने विषयमा छलफलसमेत थालेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको हिजो आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सीसीएमसी बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो । सीसीएमसी बैठकले लकडाउनयता बन्द शैक्षिक संस्थाहरू खुला गर्ने विषयमा पनि छलफल गरेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सीसीएमसी सदस्य सचिव महेन्द्र गुरागाईंका अनुसार संक्रमणको पछिल्लो अवस्थाबारे विश्लेषण गरेर शैक्षिक संस्थाहरू खुला गर्ने वा नगर्ने निर्णयमा पुग्ने सहमति भएको छ । सीसीएमसीले केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने प्रस्ताव पनि गरेको छ । बैठकले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेकाहरूको उद्धार अन्त्य गर्ने निर्णयसमेत गरेको छ । सरकारले हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार भएको जनाएको छ । कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई नेपाल आउन दिने निर्णय भएको छ । सीसीएमसीले विदेशबाट आउन खुला रहने अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिस गरेको छ ।



JUNGLE






from the
city


