निर्देशक अनुराग कश्यपलाई प्रहरीले बलात्कारको आरोपमा कार्यालयमा बोलायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपलाई प्रहरीले बलात्कारको आरोपमा कार्यालयमा बोलाएको छ। मुम्बईको वर्सोवा प्रहरी चौकीले भोलि १ अक्टोबर बिहान ११ बजे कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। कार्यालयमा उनीमाथि सोधपुछ हुने प्रहरीले जनाएको छ। उनीविरुद्ध नायिका पायल घोषले बलात्कार आरोपमा मुद्दा हालेकी थिइन्। सोही आरोपमा सोधपुछका लागि उजुरी दिएको एक सातापछि प्रहरीले बोलाएको हो। अनुरागले भने आफ्नो वकिलमार्फत् उक्त आरोपको खण्डन गरेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि पायलले उनलाई पक्राउ गरेर अनुसन्धान नगरिए अनसन बस्ने चेतावनी दिएकी थिइन्। त्यसका साथै उनले मुम्बईका राज्यपाल भगत सिंह कोश्यारीसँग भेट गरेकी थिइन्। उनीसँगको भेटका क्रममा अनुरागबाट आफ्नो ज्यानको खतरा रहेको बताएकी थिइन्। “ बलात्कारी आरोपित सडकमा खुलेआम हिडिरहेको छ। मलाई सुरक्षा खतरा बढ्यो,” उनले कोश्यारीसँग आग्रह गरेकी छिन्, “राज्यले सुरक्षा प्रदान गर्नुपर्यो।” २२ सेप्टेम्बरमा पायलले अनुरागविरुद्ध बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्।उनले सन् २०१३ मा वर्सोवामा यारी रोडनजिकै आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। उनले अनुरागविरुद्ध दुष्कर्म, गलत हर्कत र खराब मनसायबाट पेश भएको तथा महिलामाथि गर्ने गलत काम रोक्न माग गरेकी छिन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु