निर्देशक एटलीको फिल्ममा दोहोरो भूमिकामा देखिदै छन् शाहरुख खान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

यशराज फिल्मस्को स्पाई युनिभर्स फिल्म ‘पठान’को सुटिङ पुरा भएपछि अभिनेता शाहरुख खान निर्देशक एटलीको फिल्ममा व्यस्त हुँदैछन् । शाहरुखको फिल्मका लागि उनको कम्पनी रेड चिलिज र एक ठूलो कम्पनीबीचको कुराकानी अन्तिम चरणमा पुगेको छ । यो त्यही फिल्म हो, जुन फिल्मका कारण अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नो दोहोरो भूमिका वाला फिल्म निर्माण रोक्नु परेको थियो । किनकी शाहरुखले अभिनय गर्न लागेको एटलीको फिल्मको कथा सिद्धार्थको फिल्मसँग धेरै हदसम्म मिल्दथ्यो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

समाचारअनुसार शाहरुखले दक्षिण भारतीय फिल्मका व्यस्त निर्देशक एटलीको जुन फिल्ममा काम गर्ने सहमति जनाएका
छन्, त्यो फिल्ममा शाहरुखको दोहोरो भूमिका हुनेछ । यस्तै अर्को एक फिल्म ‘थाडम’ दक्षिण भारतमा रिलिज भइसकेको छ, जसमा अरुण विजयले प्रमुख भूमिका निर्वाह गरेका थिए । अरुणको फिल्ममा अनुसन्धानको क्रममा प्रहरीले आरोपीको अनुहार मर्ने व्यक्तिको जस्तै भएपछि कथाले नयाँ मोड लिएको देखाइएको थियो । तर एटलीको फिल्मको कथा कस्तो छ भन्ने केही खुलाइएको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

निर्देशक एटलीको पुरा नाम अरुण कुमार हो । उनले एस शंकरको फिल्महरु ‘एथिरन(हिन्दी)’ र ‘ननबन(‘थ्री इडियट्स’ रिमेक) सेटमा निर्देशन सिकेका थिए । स्वतन्त्र निर्देशकका रुपमा काम शुरु गरेपछि एटलीले तमिलमा ५ वर्षमा चार सुपरहिट फिल्म ‘राजा रानी’, ‘थेरी’, ‘मरसल’ र ‘बिजिल’ बनाए । एटलीको फिल्म हेरेपछि शाहरुखले उनलाई बोलाएर आफू काम गर्न इच्छुक रहेको जनाएका थिए ।

यो फिल्मको बजेट २ सय ५० करोड हुनेछ । शाहरुख अक्सर आफ्नो दोहोरो भूमिका हुने फिल्ममा अभिनय गर्न रुचाउछन् । निर्देशक महेश भट्ट निर्देशित फिल्म ‘डुप्लीकेट’ फ्लप भएपछि शारुखले दोहोरो भूमिकामा अभिनय गरेको तीन फिल्म ‘करण अर्जुन’, ‘डन’ र ‘ओम शान्ति ओम’ सुपरहिट भए । यसपछि उनले दोहोरो भूमिकामा अभिनय गरेका दुई फिल्म ‘रा वन’ र ‘फेन’ फ्लप भए । एजेन्सी

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु