निर्माणमा १३ बर्ष लागेको फिल्म ‘इट्स माइ लाइफ’को रिलिज डेट सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

अक्सर फिल्म निर्माणका लागि बढीमा एक वा दुई बर्ष लाग्ने गर्दछ । तर, बलिउडमा यस्तो फिल्म पनि छ । जुन निर्माणका लागि एक, दुई नभएर १३ बर्ष लागेको छ । निर्माणमा १३ बर्ष लागेको फिल्म ‘इट्स माइ लाइफ’को अहिले रिलिज डेट सार्वजनिक भएको छ । २९ नोबेम्बरमा ओटीटी प्लेटफर्म, थिएटर नभएर सिधैँ टिभी च्यानलमा फिल्म रिलिज हुँदैछ । फिल्म रिलिजको लागि धेरै समय लागेको छ । यसमा काम गर्ने सबै कलाकार धेरै अगाडि बढि सकेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फिल्मको हिरोइन जेनेलिया डिसुजा बिवाह गरेर पनि दुई बच्चाको आमा बनिसकेकी छन् । यसका एक अभिनेता हरमन बावेजा अभिनयबाट रिटायर भैसकेका छन् । फिल्ममा हरमनको बुबाको भुमिका निर्बाह गर्ने नाना पाटेकर मिटु कान्डमा नाम आएपछि अहिले अभिनयभन्दा बाहिर छन् । १३ बर्ष अगाडि अहिलेका चर्चित कमेडियन कपिल शर्माले ‘ग्रेट इन्डिया लाफ्टर च्यालेन्ज’को तेस्रो सिजन जितेपछि यो फिल्ममा काम गर्ने मौका पाएका थिए । त्यतिबेला कपिल आफ्ना साथीहरुलाई फिल्म सुटिङका किस्सा धाकले सुनाउने गर्दथे । तर, यो फिल्म रिलिज हुन भने सकेको थिएन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

फिल्मका निर्माता बोनी कपुरले २००६मा रिलिज भएको सिद्धार्थ, प्रकाश राज र जयसुधा अभिनित फिल्म ‘बोम्मारिलु’को हिन्दी रिमेक राइट किनेर चर्चित लेखक अनीस बज्मीसँग मिलेर यो फिल्म बनाएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु