निषेधाज्ञाको समय थपिएसँगै उपत्यका प्रवेश नाकामा थप कडाई

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय एक साताका लागि थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार निषेधाज्ञाको समय एकसाता थप गरी भदौ १७ गते सम्मका लागि निरनतरता दिने निर्णय गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यससँगै उपत्यका प्रवेश गर्ने नाकाहरुमा प्रहरीले चेकजाँचलाई थप कडाई गरेको छ । बुधबार दिउँसो उपत्यकाका मुख्य नाकाहरु नागढुङ्गा र साँगा भन्ज्याङ नाकामा पुग्दा प्रहरीले चेकजाँचलाई कडाई गरेको पाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ । त्यसबाहेक एम्बुलेन्स, निर्माण जन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको देखिन्छ ।

त्यस्तै अत्यावस्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ । सरकारले पनि अत्यावस्यक कामकाजका लागि आउनेहरुलाई नरोक्ने बताउँदै आएको छ । तर जिल्ला प्रशासन कार्यालयबाट भने कुनैपनि पास वितरणको काम भएको छैन् । उपत्यका बाहिर जाने सवारी साधन भने खासै देखिएका छैनन् । यस्तै भक्तपुर तर्फको साँगा

नाकामा पनि प्रहरीले कडाई गरेको छ । उपत्यका प्रवेश गर्ने सवारी साधन कम मात्रामा देखिन्छन् । यस नाकामा पनि प्रहरीले सवारी साधनमा आउने मानिसहरुको विवरण टिपेर पठाउने गरेको छ । समग्रमा उपत्यकाका सबै नाकामा सुरक्षाकर्मीहरुको उपस्थितिलाई बाक्लो बनाइएको छ ।

उपत्यकाभित्र पनि अत्यावस्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका चोकचोकमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवाका सवारी साधन भने परिचयपत्रका आधारमा सञ्चालनमा आउन पाएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु