सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक माग गर्ने भएका छन्।
केन्द्रीय कमिटी बैठक माग गर्दै सय भन्दा बढी केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइसकेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।
एक चौथाइले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्ने नेकपाको विधान रहेको छ। “हस्ताक्षर संकलन भइसकेको छ। बुझाउने तयारीमा छौं”, गैरेले भने।
भोलिको स्थायी कमिटी बैठकको अवस्था हेरेर हस्ताक्षर बुझाउने ती नेताहरुले गरेका छन्। यसअघि यिनै केन्द्रीय सदस्यहरुले पार्टी मूख्यालय धुम्बाराहीमा पार्टी एकताका लागि दबाव दिन भन्दै धर्ना बसेका थिए।
बन्दाबन्दीका कारण पनि हस्ताक्षर संकलनमा केही ढिलाइ भए पनि आवश्यक संख्या जुटिसकेको गैरेले बताए। केन्द्रीय कमिटी माग गर्नेहरु प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली इतर समूहका नेताहरु हुन्।
फुटको नजिक देखिएको नेकपा भित्र सहमति जुट्न नसक्दा लगातार स्थायी कमिटी स्थगित हुँदै आएको छ।
गएको १० असारदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक भोलि (१३ साउनमा) बोलाइएको छ।
नेकपाका केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक माग गर्ने
- सिम्रिक खबर
- • ६ महिना अगाडि