नेकपाको दाहाल–नेपाल समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम शुरु गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम शुरु गर्दैछ। प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको सो समूहले आजदेखि चौथो चरणको विरोधका कार्यक्रम शुरु गर्न लागेको हो । कार्यक्रमको पहिलो दिन आज सम्बन्धित प्रदेश कमिटीको नेतृत्वमा जिल्लाहरुमा विरोध प्रदर्शन र सभा गरिँदैछ। जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कार्यक्रम अन्तर्गत भोलि काठमाडौंको टुंडिखेल मानव साङ्लोले घेर्ने, फागुन ७ गते सबै वडामा विरोध गरिने तथा फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने सो समूहको तयारी छ । गत पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल समूह निरन्तर आन्दोलनमा छ। यो समूहले काठमाडौंसहित विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा व्यापक प्रदर्शन गरिसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु