नेकपाको स्थायी समिति बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । यस बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राखेको छुट्टा छुट्टै राजनीतिक प्रस्ताव स्थायी समितिमा पेश हुने कार्यक्रम रहेको छ । यसअघि सचिवालय बैठकमा दुवै अध्यक्षले बेग्ला बेग्लै राजनीतिक प्रस्ताव राखेका छन् । सो प्रस्तावका बारेमा सचिवालयमा निक्र्यौल नभएपछि स्थायी समितिमा छलफलका लागि लगिन लागिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हिजो शनिबार बसेको सचिवालय बैठकमा सहमति नभएपछि उक्त प्रस्ताव स्थायी समितिमा नै लगेर छलफल गर्ने निर्णय स्थायी समितिका बहुमत सदस्यहरुले गरेका थिए । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालयका विभिन्न बैठकहरुमा दुवै प्रस्ताव फिर्ता लिएर सहमतिको प्रस्ताव अघि लैजान प्रस्ताव गर्दै आएका थिए । तर कार्यकारी अध्यक्ष दाहालले उक्त प्रस्तावका बारेमा अस्वीकार गरेपछि दाहाल पक्षको अग्रसरतामा बहुमत सचिवालय सदस्यहरुको निर्णयले स्थायी समितिमा छलफल गर्ने निर्णय भए बमोजिम आज ती प्रस्तावहरुका बारेमा छलफल हुने स्रोतले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस अघिका सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले अध्यक्ष ओलीका विरुद्ध विभिन्न गम्भीर आरोपसहितका १९ पृष्ठ लामो प्रस्ता पेश गरेका थिए । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलले दाहालमाथि पनि गम्भीर आरोप लगाउँदै ३८ पृष्ठ लामो आफ्ना प्रतिवेदन पेश गरेका थिए । यसपछि नेकपाका शीर्ष नेताहरुबीचको द्धन्द र टकराव लिखित तथा औपचारिक रुपमा देखा परेको हो भने त्यस यता निरन्तर आराप प्रत्यारोपका क्रम चलि रहेका छन् । कार्यकारीअध्यक्ष दाहालले नेतृत्व गरेको समुह बहुमत सदस्यका साथ उभिएको छ भने अध्यक्ष अल्पमतमा देखिएका छन् । सत्तारुढ दलभित्र देखिएको टकरावले झण्डै दुई तिहाइ मतसहित बनेको सरकारको कार्य क्षमता झण्डै शुन्य जस्तै बन्न पुगेको छ । झन कोरोना महामारीका बेला सरकारले उच्च सक्रियता साथ भुमिका निभाउनु पर्नेमा पार्टी भित्रको द्धन्दले ठुलो अन्यौलता सृजना गरेको राजनीतिक विश्लेषकहरुले ठहर गर्दै आएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु