नेकपा अध्यक्षद्वयको आरोप प्रत्यारोप, दुवै अध्यक्षको प्रतिवेदन खारेजीको तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । नेकपाका अध्यक्षद्वयले आरोप प्रत्यारोपमा उत्रिएर सचिवालय बैठकमा लिखित रुपमा सवाल जवाफ गरेपछि अब कसरी अघि बढ्ने भन्ने अन्योल बढेको छ । अध्यक्षद्वयले सचिवालय बैठकमा आरोप प्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव पेश गरेर भोलीसम्मका लागि बैठक स्थगित गरेर आ आफ्नै तयारीमा जुटेका छन् । गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव पेश गरेपछि ओलीले १३ गतेको बैठकमा पत्रको जवाफसहितको प्रस्ताव पेश गर्नुभएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दाहालले बैठकमा पेश गरेको प्रस्ताव फिर्ता गराउन पटक पटक भएका प्रयास असफल भएपछि ओलीले जवाफी प्रस्ताव पेश गर्नुभएको हो । दुवै अध्यक्षका आरोप प्रत्यारोप बैठकमा पेश भएसँगै आगामी रणनीतिबारे दोस्रो तहका नेताहरुले गृहकार्य थालेका छन् । उनीहरुले दुवै अध्यक्षको प्रस्ताव खारेज गरेर नयाँ प्रतिवेदनसहित छलफल अघि बढाउनेबारे गृहकार्य गरीरहेको नेताहरुले बताएका छन् । उनीहरुले आगामी बैठकमा दुवै प्रतिवदेनमाथि छलफल हुने बताएका छन् । तर ओली पक्षको यसअघि भदौ २६ गतेको निर्णयका आधारमा नयाँ प्रतिवेदन बनाउनुपर्ने अडान छ भने दाहाल पक्षले संयुक्त प्रतिवदेन आउने सम्भावना नरहेको बताउँदै आएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु