नेकपा कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री बालकुमारी थापाको निधन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

नेकपा मकवानपुरका अभिभावक समेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा नेत्री थापाको ७६ वर्षको उमेरमा गएराति हेटौँडा अस्पतालमा निधन भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तत्कालीन नेकपा (एमाले) की सल्लाहकारसमेत रहेकी स्व थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा (माले) को सेल्टरदाताको रूपमा चर्चित थिइन् । लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ । मकवानपुरको कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री थापा हेटौँडा उपमहानगरपालिका–१७ राजदेवी निवासी थिइन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी, नेता जीवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सिपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई आश्रय दिने गरेकी नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले बताए ।

अहिले थापालाई श्रद्धाञ्जलि दिन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानालगायत नेकपाका नेताहरूको निवासमा उपस्थिति रहेको छ । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु