काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्ताल आज साँझ ६ बजेसम्म रहने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार आमहड्ताल ६ बजेपछि फिर्ता हुने भएको हो ।
आजको आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौं समेत देशभर परेको छ । विहिबार विहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः बनेका छन् । छिटफुटरुपमा मोटरसाइकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् । चारपाङग्रे सवारी साधनभन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । बन्द आव्हानकर्ताहरुले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रदर्शन गर्दै आएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरुले विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गरेका थिए । चावहिल चोकबाट बिहान प्रहरीले कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरु नियन्त्रणमा लिएको छ। यसै क्रममा प्रहरीले विभिन्न स्थानबाट दर्जनौं बन्द आव्हानकर्ताहरुलाई नियन्त्रणमा लिएको छ ।



JUNGLE






from the
city


