काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन्। मंगलबारको सचिवालय बैठकमा चर्काचर्की भएपछि बैठकमा अनुपस्थित हुने संकेत गरेका ओली आफू निकटका नेतासँगको परामर्शपछि बुधबारको बैठकमा सहभागी हुन तयार भएका हुन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रधानमन्त्री बैठकका सहभागी हुने बताए।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
‘प्रधानमन्त्री सहभागी नहुने भन्ने कुरा कसरी आयो मलाई थाहा भएन,’ उनले भने, ‘बैठकको समय निर्धारण गर्दा सरसल्लाह गरेर सबैको समय मिलाउनुपर्छ भन्ने मात्रै हो।’ ओलीले सहभागी नहुने भनेर कुनै कुरा नगरेको नेम्बाङले जानकारी दिए। सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वनिर्धारित कार्यक्रमभन्दा एक घण्टा ढिलो बस्न लागेको हो। प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलको समेत कार्यव्यस्तताका कारण बैठक सरेको बालुवाटार स्रोतले जानकारी दियो।



JUNGLE






from the
city



मंगलबार करिब ३ घण्टा चलेको बैठक आज पुनः एक बजे बस्ने गरी सकिएको थियो। ओलीले आजको बैठकमा उपस्थित नभए पनि दाहाल–नेपाल पक्ष भने बैठक अघि बढाउने तयारीमा जुटेको थियो। ओली–दाहालले एकअर्कालाई पार्टी विभाजन गर्न खोजेको भन्दै व्यक्तिगत रुपमा नै आरोप प्रत्यारोपमा उत्रिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। मंगलबारको बैठकमा नै ओलीले सचिवालयको औचित्य नै नरहेको धारणा राखेको विषय नेताहरुले नै सार्वजनिक गरेका थिए। बैठकले पार्टी भित्र देखिएको गम्भीर समस्यालाई ध्यानमा राखेर औपचारिक र अनौपचारिक रुपमा छलफल अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए।