नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र भक्तपुरमा स्थापना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र स्थापना भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले भवन उद्घाटनसँगै उपचार सेवा सुरु गरेको हो । जापान इन्टरनेसनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा उक्त केन्द्र स्थापना गरिएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र स्थापनाले देशभरिका दीर्घ दमखोकी भएका व्यक्ति लाभान्वित हुने बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वास्थ्य क्षेत्रमा पनि बेथितिबारे आउन थालेकाले नेपालमा नक्कली औषधी निर्यात भइरहेकोतर्फ सचेत रहन उनले सुझाए । नगरको ढल, पार्क, संग्रहालय, व्यवस्थित अस्पताल सञ्चालनलगायतका क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा बिजुक्छेले जोड दिए । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनका लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति धन्यवाद व्यक्त गर्दै केन्द्रबाट तालिम प्राप्त चिकित्सकले सेवा प्रवाह गर्ने बताए । दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी रोगले धेरै जनता पीडित बन्नु चिन्ताको विषय भएको बताउँदै प्रमुख प्रजापतिले नगरपालिकाले संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रमुख प्रजापतिले नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले ३ वटा जनस्वास्थ्य सेवा केन्द्रमार्फत १९ थरीका स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । बागमती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर नगरपालिकाले नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास पुनर्स्थाजना केन्द्र सञ्चालन गरी नयाँ प्रयास थालनी गरेको बताए । उनले नगरपालिकाको अगुवाइमा सञ्चालन हुने ख्वप अस्पताल यथाशक्य छिटो सञ्चालन हुने आशा व्यक्त गरे ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु