काठमाडौँ । नेपालको आन्तरिक मामलामा चीनले हस्तक्षेप गरेको भन्दै कांग्रेस निकट विद्यार्थीहरुले मंगलबार साँझ राँके जुलुससहित प्रदर्शन गरेको छ। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ दूतावास बन्द गर, चिनियाँ दूतावास मुर्दावाद लगायत नारासहित विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका हुन्। उनीहरुले मंगलबार साँझ महाराजगञ्जस्थित टिचिङ अस्पताल आसपास प्रदर्शन गरेका थिए। अचानक नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको टोलीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत भीआइपी तथा विपक्षी दलका नेताका साथै प्रचण्ड(नेपाल समूहका नेताहरुसँग भेटवार्ता गरिरहेका छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185