नेपालको मोबाइल डेटा भारतभन्दा १० गुणा महंगो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

छिमेकी मुलुक भारतका प्रयोगकर्ताले विश्वकै सस्तो मोबाइल डेटा प्रयोग गरिरहँदा नेपालमा भने डेटाको मूल्य त्यसभन्दा करिब दश गुणा बढी महंगो देखिएको छ । केवल यूकेले विश्वव्यापी रुपमा गरेको तुलनात्मक सर्वेक्षणमा नेपाल र भारतको मोबाइल डेटामा करीब हजार प्रतिशत ९९५५.५५ प्रतिशत० को अन्तर देखिएको हो । सर्भेक्षण अनुसार भारतमा एक जीबी डेटा प्याकेजको औषत मुल्य ०.०९ अमेरिकी डलर (१०.६६ रुपैयाँ) मात्र पर्छ । अझ त्यहाँको सबैभन्दा सस्तो ३० दिने प्याकेजमा प्रति जीबी ०.०२ अमेरिकी डलर (२.३५ रुपैयाँ) मात्र पर्न आउँछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सर्वेक्षणमा विभिन्न भारतीय मोबाइल सेवाप्रदायकका ६० वटा डेटा प्याकेजलाई समावेश गरिएको थियो । नेपालमा भने १ जीबी डेटाका लागि औषत रुपमा १०४.५३ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ । नेपाली मोबाइल सेवा प्रदायक कम्पनीका कुल ३४ वटा डेटा प्याकेज समेटिएको सर्वेक्षणमा सबैभन्दा सस्तो प्याकेजकै लागि प्रति जीबी ३१.९२ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था देखिएको छ । एसिया क्षेत्रमा नेपालको डेटा अन्य छिमेकी मुलुक चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, म्यानमार, भियतनाम, इन्डोनेसिया, मंगोलिया, इरान जस्ता देशहरुमा भन्दा पनि महंगो छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रति जीबी डेटाको औषत मूल्य श्रीलंकामा ०.५१ डलर, भियतनाममा ०.५७ डलर, चीनमा ०.६१ डलर र इन्डोनेसियामा ०.६४ डलर रहेको छ । त्यसैगरी पाकिस्तानमा ०.६९ डलर, बंग्लादेशमा ०.७० डलर, मंगोलियामा ०.७४ डलर, इरानमा ०.७५ डलर र म्यानमारमा ०.७८ डलर रहेको छ । यद्यपी २२८ मुलुक समेटिएको यो अध्ययनमा नेपाल ३१ औं सस्तो मुलुक हो । २३० देश समेटिएको दुई वर्ष अघिको सर्वेक्षणमा नेपाल ४५ औं स्थानमा रहेको थियो । दुई वर्ष अघि एक जीबी डेटाको औषत मुल्य २५६.५३ रुपैयाँ पर्ने नेपालले दुई वर्षको अवधिमा १४ स्थान सुधार गरेको हो । फिक्स्ड लाइन ब्रोडब्याण्ड इन्टरनेटमा भने नेपाल विश्वकै १३ औं सस्तो मुलुकमा पर्छ । तर त्यसको स्पीडमा भने नेपाल निकै पछाडि रहेको छ ।

भारतपछि अरु कुन देशमा छ सस्तो?
विश्वमै सस्तो डेटा हुने मुलुकमा भारतपछि क्रमशः किर्गिस्तान, कजाखस्तान, युक्रेन, रुवान्डा र सुडान लगायतका मुलुक छन् । एक जीबी डेटाको औषत मुल्य कार्गिस्तानमा ०.२७ डलर, कजाखस्तानमा ०.४९ डलर, युक्रेनमा ०.५१ डलर, रुवान्डामा ०.५६ डलर र सुडानमा ०.६८ डलर रहेको छ ।

जहाँ छ विश्वकै महंगो डेटा
सेन्ट हेलेना, फोकल्याण्ड, नौरु, बर्मुडा, मलावी जस्ता देशहरु विश्वकै महंगो डेटा हुने मुलुकमा पर्दछन् । २२८ औं स्थानमा रहेको सेन्ट हेलेनामा विश्वकै सबैभन्दा महंगो डेटा भएको देश हो । जहाँ औषत रुपमा प्रति जीबी डेटाका लागि नै ५२.५० डलर अर्थात आजको विनिमय दरअनुसार ६,१६१ रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु