नेपालबाट थप तीन देशसँग उडान गर्नेगरी सम्झौता हुँदै

नेपाल एयरलाइन्सको न्यारोबडी, फाइलफोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 71
  •  
  •  
  •  
  •  
    71
    Shares

काठमाडौँ । नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ । नेपालले अहिलेसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ । यद्यपि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान भने आधा दर्जन देशसँग मात्र सीमित छ ।समूहको बैठकले भदौ १६ देखि हुने नियमित उडानमा वायु सेवा कम्पनीले कोभिड–१९ को महामारीपूर्व लिने हवाई भाडा दरभन्दा बढी नलिन सम्बन्धित वायु सेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै स्वदेश फिर्ता हुने नेपालीको विषयलाई अनुगमन र सहजीकरण गर्न मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति पनि बनाइएको छ । समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा सदस्य छन् । समितिलाई हवाई भाडा दर, होटलको मापदन्ड अनुसारको अनुमगन गर्ने, स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । बैठकले हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र उद्धारलगायतको मापदण्ड र कार्यविधि बनाउनेसमेत निर्णय गरेको छ । –गोरखापत्र

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु