नेपालमा अझैँ पाँच दिन पानी पर्ने सम्भावना, सचेत रहन आग्रह ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 206
  •  
  •  
  •  
  •  
    206
    Shares

६ साउन, काठमाण्डौ । नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको हो । विभागले प्रदेश–एक, प्रदेश–दुइ, बागमती, गण्डकी, प्रदेश पाँच र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिए । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वी पहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको महानिर्देशक वैद्यले बताए । विभागका अनुसार साउन नौ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम घट्दै जानेछ ।
सचेत रहन मौसमविद्को अनुरोध
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको अवस्था छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै आज राति देशभर पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ । रातिपनि प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा धेरै हुने स्थानमा बाढि, पहिरो र डुबानको जोखिम रहेको भन्दै महाशाखाले सचेत रहन अनुरोध समेत गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु