नेपालमा आयो प्रिमियम मोटरसाइकल हस्कभार्ना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

हस्कभर्ना मोटरसाइकल नेपाल आएको छ । हस्कभर्ना मोटरसाइकल नेपाल नामको फेसवुक पेज मार्फत नेपाल सार्वजनिक हुने तयारी भइरहेको जानकारी दिएको छ । यसलाई नेपालमा गोल्छा ग्रुपले बिक्री वितरण गर्ने छ । बजाज अटोको लगानी रहेको उक्त मोटरसाइकल भारतमा उत्पादन भएको हो । भारतमा बजाजको प्लान्टमा निर्माण भएको २०० सीसी तथा २५० सीसी क्षमताका हस्कभर्नाका मोटरसाइकल अब नेपालमा पनि बिक्री हुने छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अहिले कम्पनीले २५० सीसी क्षमताका मोटरसाइकल नेपाल ल्याएको जनाएको छ । भारतमा केटीएमको शोरुम मार्फत नै बिक्री वितरण हुँदै आएको हस्कभर्नाका उत्पादन नेपालमा पनि केटीएम मोटरसाइकलकै शोरुमबाट बिक्री वितरण हुने छन् । हस्कभर्ना मोटरसाइकल नेपाल नामको फेसबुक पेजमा ‘रिलिजिङ सुन’ पोष्ट गरेको छ । मोटरसाइकल शोरुममा राखिसकिएकोले हाल रहेको निषेधाज्ञा अन्त्य भए पश्चात् नेपालमा बिक्री सुरु हुने कम्पनी स्रोतले मेरोअटोलाई बतायो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हस्कभर्ना भिट्पिलेन २५० र स्भर्टपिलेन २५० सुरुमा नेपालमा बिक्री सुरु हुने छ । ११६ बर्ष पुरानो मोटरसाइकल निर्माता कम्पनीले ६ बर्ष अगाडि अस्ट्रियन कम्पनी केटीएमसँगको सहकार्यमा हस्कभर्ना मोटरसाइकल भारतमा निर्माण तयारी गर्दै आएको थियो । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोको हस्कभर्नामा ४८ प्रतिशत सेयर रहेको छ ।

यी दुबैमा समान २४८.८ सीसी इन्जिन रहेको छ । भिट्पिलने २५० ले ३१ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यस्तै स्भर्टपिलेनमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ । स्वीडिस मोटरसाइकल हस्कभर्नाले १९०३ देखि मोटरसाइकल उत्पादन सुरु गरेको थियो । हस्कभर्ना मोटरक्रस एरिनामा लेजेन्ड्री मोटरसाइकलको रुपमा परिचित रहेको छ ।

यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल डिस्क, डबल च्यानल स्यान्डर्ड एबीएस, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ । भारतीय बजारमा १ लाख ८० हजार र १ लाख ९५ हजार भारतीय मूल्य रहेको छ । नेपालमा भने यसको मूल्य नेपालमा ६ लाखभन्दा कम हुने अनुमान रहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु